Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीनेवि संघद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

नेवि संघद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

कञ्चनपुर,
मुलुक कोरोना महामारीले आक्रा्रन्त भईरहेका बेला सत्ता जोगाउनका लागि संविधान धरापमा पारेर संसद विघटनदेखि विदेशी नागरिकलाई नागरिकता दिलाउनका लागि अध्यायदेश मार्फत नागरिक विधेयक ल्याएर नेपाल सिक्किमीकरण गर्न खोजेको भन्दै काँग्रेस निकट नेवि संघले कञ्चनपुरमा आन्दोलन गरेको छ ।
मंगलबार नेवि संघ कञ्चनपुरले महेन्द्रनगरमा कोरोना महामारीले जनता अक्सिजन नपाएर अकालमै ज्यान गुमाउँदा समेत सरकारले असम्वैधानिक राष्ट्रघाती काम गरेको भन्दै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो । नेवि सघ कञ्चनपुरका सह सचिव कृष्ण पाण्डेयले महामारीका विच सरकारले गरेको असम्बैधानिक काम बिरुद्ध पुत्ला दहन गरेको बताए । उनका अनुसार पुत्ला दहनका साथै बिरोध प्रर्दशन गरिएको छ ।

ताजा समाचार