Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीजनबाहनीद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा समाग्री

जनबाहनीद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा समाग्री

कञ्चनपुर,
कोरोना महामारी नियन्त्रणका लागि फ्रन्ट लार्ईनमा खटिने नेपाल प्रहरीलाई जनबाहनी नेपालले स्वास्थ्य सुरक्षा समाग्रंी दिएको छ । जनबाहनी नेपालका संयोजक एव बेदकोटका युवा समाजसेवि सिरोमणी कुमार ओझा(सुर्य)ले स्वास्थ्य सुरक्षा समाग्री दिएको हो । बेदकोट नगरपालिका सिसैया प्रहरी चौकीमा उनले मंगलबार स्वाथ्य सुरक्षा समाग्री दिएका हुन । गत बर्ष पनि उनले प्रहरी सहित विपन्न लाई राहत दिएका थिए । ओझाले फ्रन्ट लाईनमा खटिने स्वास्थ्यकर्मीको हौसला प्रदानका लागि सहयोग गरेको बताए ।

ताजा समाचार