Friday, September 30, 2022
गृहपृष्ठअन्यबेलडाँडी जनताको स्वास्थ्य सुरक्षाका निम्ति बेलडाँडीका अाइसोलेशन व्यवस्थापक अक्सिजन भर्न अाफै नेपालगन्ज

बेलडाँडी जनताको स्वास्थ्य सुरक्षाका निम्ति बेलडाँडीका अाइसोलेशन व्यवस्थापक अक्सिजन भर्न अाफै नेपालगन्ज

बेलडाँडी,
कोभिड १९ कोरोना भाइरसले बिकराल रूप लईरहेको अवस्था लाई मध्यनजर गर्दै बेलडाँडी गाउँपालिकाका अाइसोलेशन ब्यवस्थापक तथा वडा नं २ का वडा अध्यक्ष प्रेमराज खाती अाफै अक्सिजन भर्न नेपालगन्ज गएका छन् ।

बेलडाँडी जनताको स्वास्थ्य सुरक्षाका निमित्त अाफुले पाएको जिम्मेवारी लाई पूरा गर्न जोखिम मोलेर अक्सिजन सिलिण्डर भर्न अाफै नेपालगन्ज जानुभएको छ ।
पहिलो चरण र दोस्रो चरणको कोरोना भाइरसका बिरूद्दमा जोखिम मोल्दै अध्यक्ष खाती रातदिन जनताको सेवामा लाग्नु भएको छ । अाइसोलेशनमा अाएका बिरामीहरू भन्छन् दैनिक वडा नं २ का अध्यक्ष मात्र हामीलाई सान्तोना हाैसला दिन दिनरात साझ बिहान पुने र हाम्रो अवस्थाको बारेमा बुझे कार्य गर्दै अाएको बताउदै यस्तो बेलामा अन्य वडा अध्यक्षहरू कोहि पनि यहाँ फर्केर नहेर्ने गरेको दुखेसो पोखे । हामी यहाँ सबै वडाका थियाैं तर वडा अध्यक्ष अभिभावक जस्तो भएर फर्केर नहेर्दा दिक्क लाग्ने गरेको बताए ।


जिम्मेवारी पाएका बाहेक सबैले हेरे केही नबिग्रीनेभन्दै यस्तो बिपत्तिका बेला वडा २ का अध्यक्षले लगाएको गुन नबिर्सिन सक्ने बताए ।

बेलडाँडी गाउँपालिकाका लागि अाज अाफै १५ सिलिन्डर भरेर ल्याउन लागेको अध्यक्ष प्रेमराज खातीले बताउनु भयो । हामीलाई केही दिन अझ बेलडाँडीलाई सुरक्षित कसरी राख्ने भन्ने चिन्ता एका तिर थाति राख्दै अक्सिजन सिलिन्डर स्टोक राख्नका लागि भरेर ल्याउन लागेको जनाए ।

यस्तो महामारीको बेला ज्यान खुकुरीको धारमा राख्दै बिरामीहरूका लागि सम्पुर्ण ब्यवस्था देखि छिन छिनको अवस्थाको बारेमा समेत अपडेट गर्न लागेको जनाए । नमुना परिक्षणका लागि समेत अाफुले मान्छे जुटाइ दिनु देखि लिएर मानव भएर गर्नु पर्ने सम्पुर्ण सेवा गरिरहेको बताए ।

 

ताजा समाचार