Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमल अभावका कारण बेलडाँडीका किसान चिन्तित, मल वितरणमा दलाली भो भन्ने किसानको...

मल अभावका कारण बेलडाँडीका किसान चिन्तित, मल वितरणमा दलाली भो भन्ने किसानको अारोप,

बेलडाँडी,
देश कोरोना भाइरस महामारीको चपेटाबाट गुज्रिरहेका बेला बेलडाँडीका किसान चिन्तित बनेका छन् । एकातर्फ भयावह अवस्था छ अर्को तर्फ मल अभावका कारण भोकमरी हुन्छ कि भन्ने हिसावले किसान झिन चिन्तित बनेका छन् ।

बेलडाँडीमा रहेका पाँच वटा सहकारी संस्थाहरूले मलखाद बिक्री बितरण गर्ने जिम्मा पाएका संस्थाहरूले प्रयाप्त मात्रामा मलखाद उपलब्ध गराउन नसक्दा यस क्षेत्रका किसान झिन मारमा परेका छन् ।

किसानले समयमै मल नपाउनु कुनै नाैलो समस्या होइन, सिमा पारि बाट ल्याएको मल अवैधानिक भन्दै किसानले पाउनु दु:ख त पाएकै छन् । यता सरकार जवाफदेही र जिम्मेवार नभईदिदा किसानका लागि मुटुमाथी ढुङ्गा राखि हास्नु परेसरह छ ।

यसै बिच बेलडाँडी महिला साना किसानले अाइतवार बेलडाँडीमा अाफ्नो कोटामा परेको १ सय ८० बोरा युरिया र २ सय ८८ बोरा डिएपी(जडखाद) राती सवा ७ बजे पुगेको र पुग्दा साथ त्यहा युरियाको माग गर्दै ५ सय भन्दा बढी किसानले माग गरिरहदा मलखाद ल्याउन सहयोग गरेका किसानलाई त्यतिबेलै बितरण गर्दा केही तत्वहरूले गलत प्रचार गरेको बेलडाँडी महिला साना किसान सहकारी संस्थाका अध्यक्ष कमला जोशी रेग्मीले बताउनु भयो ।

यस संस्थाले दलाली गर्यो, महङ्गोमा बिक्री गर्यो, मल लुकायो र ब्यापारीलाई बेच्यो भन्ने प्रश्नमा अध्यक्ष रेग्मीले भने किसानको माग बढी र अाफ्नो कोटा कम भएका कारण सबै किसानहरूको चित्त बुझाउन नसकिएको जनाउदै लकडाउनको समयमा गाडी भाडा, लोडअनलोड महङ्गो परेकाले गाउँपालिकाले तोकेको दर रेट भन्दा ५० रूपैयाँ बढी भएको बताए । अाफुहरूले ११ सयमा युरिया र २५ सयमा जडखाद बेचेको बताए । अन्य ठाउँमा यो भन्दा महङ्गो रहेको बताउदै कुनै पनि दलाल या ब्यापारीलाई अाफुहरूले नदिएको बताए । ठुला उखु किसानले १ दुई बोरा बढी लिएको हुन सक्ने तर दलाली गर्नका लागि दिईएको छैन् ।

उहाले भने स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले किसानको मागलाई हेरी कोटा थप दिए समस्या नहुने बताए । सहकारीले अाफु संग बाकी रहेका २५ बोरा र साल्ट ट्रेडिङ बाट हिजो मात्र पुगेका २ सय बोरो मल भोलि बिहान ८ बजे तिर टोकन द्वारा वितरण गर्ने जनाएको छ ।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाक्षेत्रीले भने “किसानलाई मलखाद पुर्ति गर्न दुईपटक मलखाद सहकारीहरूलाई उपलब्ध गराएको तर साना किसान सहकारीले वितरण गर्ने बेला विवाद भएको खवर अाफुहरूले पाएको बताउदै त्यस सहकारीले बितरण गरेको सबै डाटा हेर्ने र किसानलाई मलखाद उपलब्ध गराउन गाउँपालिका पुरै लाग्ने जनाउनु भयो ।”

ताजा समाचार