Friday, September 30, 2022
गृहपृष्ठआर्थिकसुदूरका अस्पतालमा अक्सिजन वितरण गर्दै कञ्चनपुरका युवा

सुदूरका अस्पतालमा अक्सिजन वितरण गर्दै कञ्चनपुरका युवा

विकास सिह महता/कञ्चनपुर,
अक्सिजन अभावमा कोरोना महामारीले नागरिक धमाधम मर्न थालेपछि अक्सिजन आपूर्तिका लागि जुटेका कञ्चनपुरका युवा टिमले सुदूरका अस्पतालमा अक्सिजन दिएका छन । महाकाली अस्पताल सहित जिल्लाका कोरोना अस्पताल, बैतडीमा समेत अक्सिजन दिएका छन ।
अक्सिजन अभावका कारण महाकाली अस्पतालमा नागरिकको ज्यान गुमाएको खबर बाहिरपछि महेन्द्रनगरका युवा खगेन्द्र जोशी नेतृत्वमा खटिएको टिमले शुरुवातदेखि महाकाली अस्पतालमा अक्सिजन आपूर्ति गर्दै आएको थियो ।
महाकाली अस्पतालमा १०७, बैतडी १०, सहित कञ्चनपुरका दोधारा २८ , बेलौरी १० , शुक्लाफाँटा नगरका कोडिभ अस्पतालमा १० अक्सिजन लिएको छ । जोशी सहित संचारकर्मी जनक चन्द, मिराज अन्सारी, करन पाल, रमेश ठगुन्ना, प्रेम खत्री, मनोज पाण्डेय, करन बम लगायतको समुहका युवाहरुले नागरिकको स्वास्थ्यका लागि महामारीका विच खटिएर अक्सिजन आपूर्ति गरेका थिए । यसका साथै उक्त टिमले भारतबाट आउने नागरिकलाई खाना खुवाउनेदेखि सुरक्षाकर्मीलाई नास्ता वितरण गरेका थिए ।

ताजा समाचार