Tuesday, September 27, 2022
गृहपृष्ठअन्यमेरो सहयोग’ अभियान अाय व्यय, सार्वजनिक गर्दै हाललाई स्थगित

मेरो सहयोग’ अभियान अाय व्यय, सार्वजनिक गर्दै हाललाई स्थगित

 कञ्चनपुर,
कोभिड १९ कोरोना भाइरसलाइ परास्त गर्न बेलडाँडीका युवाहरूले केहिदिन पहिला सञ्चालन गरेको मेरो सहयोग अभियानको अाय व्यय सार्वजनिक गर्दै हाललाई अभियान स्थगित गरिएको अाज पत्रकार सम्मेलन मार्फत  जनाईएको छ ।

बेलडाँडी गाउँपालिकाका सक्रिय युवाहरुले यसै जेठ २ गते देखि सञ्चालन गरेको मेरो सहयोग अभियानमा देश तथा विदेशबाट संकलन भएको आय तर्फ जम्मा तीन लाख ४ हजार ६ सय ६१ रुपयाँ रहेको थियो भने  व्यय तर्फ दुई लाख ६७ हजार ६ सय ७५ रुपैयाँ व्यय तर्फ खर्च भएको  छ । भने ३६ हजार ९ सय ८६ रुपयाँ बचत रहेको अभियन्ता सचिन कठायतले जानकारी दिनु भयो ।

उहाँका ”अनुसार बाकि रहेको रकमलाइ पनि आवश्यकता परेको बेलामा स्वास्थ्य सामाग्री लगायतका कुरामा खर्च गरीने समेत जनाए ।” अभियानमा देश तथा विदेशबाट ८० जनाले आर्थिक रकम सहयोग गरेका थिए । जो संकलित सहयोग रकमबाट बेलडाँडीका स्वास्थ्य संस्था, कोभिड आईसोलेसन, स्वास्थ्य कर्मी, सुरक्षकर्मी, र गाउँपालिकालाई अक्सीजन सिलेन्डर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सीमिटर, मास्क सेनिटाईजर लगायतका समाग्री सहयोग गरेको अभियनता निश्चल जोशीले बताए ।

उनले भने ”हामिले सरकारको मुख मात्र ताक्नु भन्दा पनी महामारीका समयमा सबैले रोकथामका लागि सहभागिता जनाउ भन्ने उद्देश्यका साथ अभियानको शुरुवात गरीएको बताउनु भयो ।” ‘अहिले सरकारलेनै अर्थिक संकलन सहयोग लगायतका कार्य नगरी एकद्धार प्रणली मार्फत मात्र गर्न हुन भन्ने निर्देशन अनुरुप अभियानको कार्य तत्काललाई स्थगित गरीएको उनले बताए ।’

छोटो समयमा सबै क्षेत्रबाट बेलडाँडीका जनतालाई कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ सञ्चालन भएको अभियनमा उलेख्य सहभागिता जनाई सहयोग गर्नुहुने सबै सहयोगी दाताहरुप्रति अभियानले हार्दीक आभार प्रकट समेत गरेको छ ।

अभियानमा बेलडाँडीका युवाहरु क्षतिज भट्ट, गोकर्ण जोशी निश्चल, सन्देश पाण्डे, प्रकाश माली, सचिन कठायत, एकेन्द्र शाह लगायतका युवाहरुले सक्रियता देखाएका थिए ।

ताजा समाचार