Tuesday, September 27, 2022
गृहपृष्ठआर्थिकएमाले सुदूरपश्चिमका नेता चटौतद्वारा सेती अस्पतालमा अक्सिजनका लागि आर्थिक सहयोग

एमाले सुदूरपश्चिमका नेता चटौतद्वारा सेती अस्पतालमा अक्सिजनका लागि आर्थिक सहयोग

विकास सिह महता
सत्तारुढ दल नेकपा एमालेका नेता नन्दलाल चटौतले अक्सिजन खरिदका लागि सेती प्रादेशिक अस्पतालमा आर्थिक सहयोग गरेका छन । एमाले सुदुरपश्चिम प्रदेश सदस्य समेत रहेका नेता चटौतले अक्सिजन खरिदका लागि सेती अस्पतालमा २५ हजार आर्थिक सहयोग गरेका हुन ।
हाल अमेरिकामा रहेका एमाले नेता चटौत महेन्द्रनगर स्थित बैजनाथ ईन्जिनियर कलेजका संचालक हुन । उनले आफ्ना प्रतिनिधी कलेजका प्रिन्सिपल सागर हमाल, कम्प्युटर अपरेटर हरिराम पार्की मार्फत सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गादत्त जोशीलाई चेक हस्तान्तरण गरेका छन । यस अघि पनि महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेका थिए ।
आफु विदेशमा भएपनि आफ्नो प्रदेशका नागरिक अक्सिजन नपाएर धमाधम मरिरहेको खबर बाहिरआएसंगै नेता चटौतले चिन्ता चासोका साथ प्रदेशक अस्पतालमा अक्सिजन आर्पूर्तिका लागि आर्थिक सहयोग गरिरहेका छन । उनले अमेरिकाबाट नेपालमा कोरोना रोकथाम एव नियन्त्रणका लागि चासो दिदै आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक, भौतिक एव नैतिक सहयोग गरिरहेका छन । आफु देश बाहिर हुँदापनि मातृभूमिका नागरिकको स्वास्थ्य सुधारका लागि नेता चटौतले महामारीका बेला सहयोगमा जुटेका हुन । एमाले नेता एव समाजसेवि शिक्षाप्रेमी नन्दलाल चटौतले महामारीसंग जुध्नका लागि सक्दो सहयोग गरेको बताए । आफ्नो समाजिक उत्तरदायित्व भएकाले सबैले महामारीका बेला आ–आफ्नो ठाँउबाट भौतिक, आर्थिक एव नैतिक सहयोग गर्नुपर्ने उनको सुझाव छ । गत बर्षको महामारीमा बेलामा पनि नेता चटौतले आर्थिक तथा भौतिक सहयोग गरेका थिए । नेता चटौतले कोरोना महामारी जित्नका लागि नागरिक समेत गम्भिर चिन्तत हुनुपर्ने सरकारले आवश्यक पुरै तयारीका साथ अघि बढ्नुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार