Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस नेता विष्टद्वारा ईसान कोडिभ अस्पतालमा अक्सिजन सहयोग

काँग्रेस नेता विष्टद्वारा ईसान कोडिभ अस्पतालमा अक्सिजन सहयोग

कञ्चनपुर,
कोरोना महामारी संक्रमण संगै नागरिकले धमाधम ज्यान गुमाईरहेका बेला नेपाली काँग्रेस कञ्चनपुरका एक युवा नेता हरेन्द्र विष्ट(होसियार) बेलौरीको एक अस्पतालमा अक्सिजन सहयोग गरेका छन ।
बेलौरीका स्थानीय समेत रहेका काँग्रेस महाधिवेशन प्रतिनिधी एव पुर्व क्षेत्रीय सभापति विष्टले कोरोना अस्पताल सचालन गरेको ईसान मेमोरियल अस्पतालमा अक्सिजन सहयोग गरेका हुन ।
काँग्रेस नेता विष्टले आफ्नै खर्चमा बाँकेबाट ८ थान अक्सिजन सिलिण्डर भरेर अस्पतालमा हस्तान्तरण गरेका हुन । नेता विष्टले सरकार नागरिकको स्वास्थ्य भन्दा सत्तामोहीमा डुबेकाले नागरिक अक्सिजन अभावका कारण अकालमै मृत्युबरण गर्नुपर्ने अवस्था सृजना भएकाले एक जनताकै पक्षमा काम गर्ने नेता भएकाले नाताले सक्दो सहयोग गरेको बताए । ‘यो महामारीका बेला हामीले पनि आफ्नो ठाँउबाट व्यक्तिगत एव संस्थागत सहयोग गर्नुपर्छ, ‘उनले भने, ‘नागरिक बाँचे पो हामीले राजनीतिक गर्ने हो ।’ उनले महामारी रोकथामका लागि साथमा साथ मात्रै दिएको बताए ।
काँग्रेस नेता विष्टले महामारीका बेला आफ्नै पहलमा अक्सिजन दिएसंगै काँग्रेस कञ्चनपुरका नेताहरुले सरकार र सरकार सं्रचालनको पार्टी उसका नेता कार्यर्ताहरु सत्ता लुछाचुडीमा लिप्त भएका कारण नागरिकले समान्य अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताए । नागरिक मृत्युको सैयामा छन, तर, विदेशबाट आएको स्वास्थ्य समाग्रीमा समेत सत्ताधारीका नेता संसद लुछाचुडीमा लिप्त हुँदा नागरिक अकालमयै ज्यान गुमाउनु परेको काँग्रेस नेताहरुको भनाई छ । काँग्रेस नेताले सरकारलाई जनता भन्दा प्यारो सत्ता भएकाले वर्तमान सरकारबाट जनताको सुरक्षा नहुने बताईरहेका छन ।

ताजा समाचार