Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरमा औषधी आपुर्ति अभाव भयो ः औषधी व्यवसायी संघका अध्यक्ष बुडा

कञ्चनपुरमा औषधी आपुर्ति अभाव भयो ः औषधी व्यवसायी संघका अध्यक्ष बुडा

विकास सिह महता/कञ्चनपुर,
कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला कञ्चनपुरमा औषधी अभाव भईरहेको छ । औषधी आपूर्ति कम्पनीबाट अति आवश्यकीय औषधी माग गर्दा समेत नदिएपछि औषधी अभाव भईरहेको हो । माग अनुरुप औषधी बिक्रेता कम्पनीले कञ्चनपुरका औषधी व्यवसायीलाई औषधी दिन लागेका छैनन ।
नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले अति आवश्यकीय औषधीको अभाव भईरहेको बताए । ‘हामीले माग गरे अनुरुप उताबाट औषधी दिन लागेका छैनन, ‘उनले भने, ‘अग्रिम पैशा जम्मा गर्दा समेत औषधी माग अनुरुप पाईन लागेको छैन । अध्यक्ष बुडाका अनुसार २०÷२२प्रकारका अति आवश्यकीय औषधीमा सिटामोल जस्ता औषधी अभाव भईरहेका छन । औषधी आपूर्तिका लागि उनले कम्पनीसग आग्रह गरेका छन ।
‘हेर्नुहोस अहिले कोरोना महामारी चलेकोछ , ‘उनले भने, ‘ज्वँरो कोरोनाको लक्ष्मण हो, ज्वरो निको बनाउने औषधी सिटामोल समेत अभाव भईरहेको छ ।’ अध्यक्ष बुडाले कोरोना महामारीका बेलामा पनि नागरिकलाई औषधी पु¥याउने कार्य भईरहेको बताए । तराईदेखि पहाडी दार्चुलाको उच्च हिमाली भाग मार्मासम्म औषधी आपूर्ति गरिरहेको उनले बताए । स्वास्थ्य सुरक्षा मापदण्ड पुरा पालना गरेर औषधी बिक्रि वितरण एव बिरामीको उपचार भईरहेको बताउदै उनले औषधी व्यवसायीमाथि गतल नगरले नहेर्न समेत आग्रह गरेका छन । महामारीका बेला सबै औषधी व्यवसायीले इमान्दारितापुर्वक काम गर्न समेत उनले आग्रह गरेका छन । ‘हामीले इमान्दारितापुर्वक काम गर्ने हो, ‘उनले भने, ‘यो महामारीका बेला हामीहरुको महत्वपूर्ण भूमिका हुन्छ ।’
महामारीमा महाकालोबजारी
किराना पसलमा मलखाद बिक्रि वितरण गर्दै आएको महेन्द्रनगरको बालाजी किराना पसलमा शिलबन्दी
विकास सिह महता
कोरोना महामारीले नागरिकलाई बाँच्ने चिन्ताले पिरोलिरहेको छ । तर, महेन्द्रनगरका एक व्यवसायी भने महामारीका बेला महाकालोबजारीमा लिप्त भएको पाईएको छ । महेन्द्रनगर गल्ली नम्बर ३मा शुभम गुप्ता सहितका गुप्ता परिवारले चलाउँदै आएको बालाजी किराना स्टोरमा मलखाद बिक्रि वितरण गर्दै आएको पाईएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी नेतृत्वमा संयूक्त बजार अनुगमन टोलीले किराना पसलमा तोके भन्दा फरक समान गैर कानुनी रुपमा बिक्रि वितरण गर्दै आएपछि पसल शिलबन्दी गरेको हो । आइतबार बालाजी किराना स्टोर शिलबन्दी गरिएको छ । स्रोतका अनुसार उक्त पसलका संचालकले गैर कानुनी रुपमा महामारीको मौका छोपी कालोबजारी गरेको छ । स्रोतका अनुसार एकैदिन ५सय बोरा मलखाद बिक्रि वितरण गरेका बालाजी किराना पसलमा अझै २सयको हाराहारीमा मलखाद भेटिएको छ । गैर कानुनी कारोबार गरेको भन्दै प्रशासनले शिलबन्दी गरेर छानबिन गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी अमर बहादुर थापाले संयुक्त बजार अनुगमनका क्रममा बालाजी किराना स्टोरमा गैर कानुनी कारोबार गरेकाले शिलबन्दी गरिएको बताए । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले किराना पसलमा मलखाद बिक्रि वितरण गरेरको पसलमा शिलबन्दी गरेर थप अनुसन्धान गरिने बताए । महामारीका बेला गैर कानुनी काममा लिप्त भएर पैशा कमाउने होडबाजीमा उत्रिएको उक्त व्यवसायीमाथि कार्बाहीको माग अघि सारिएको छ । उक्त मलखाद बरामद मात्र नभई पसलधनीमाथी कार्बाही गर्न स्थानीयले प्रशासनसंग आग्रह गरेको छ ।

ताजा समाचार