Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारजुम्लाका मनकारी बिष्टद्वारा अग्रपंक्तिमा कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

जुम्लाका मनकारी बिष्टद्वारा अग्रपंक्तिमा कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

बेलडाँडी,
दोस्रो लहरको कोरोना भाइरसले विकराल रूप लिन थालेपछि  जुम्लाका एक मनकारी युवाको सहयोग र बिजय गालिल युवा समुहको समन्वयमा जिल्लाका दक्षिणी क्षेत्रका सुरक्षा निकायलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेका छन् ।

शनिबार  बिष्टको सहयोग र युवा समुहको समन्वयमा जनताको सेवामा अहोरात्र खटिने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र बिओपी पुनर्वासका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हिजो सहयोग गरेका थिए भने अाज अाइतवार बेलाैरी ईलाका प्रहरी कार्यालय र बेलडाँडी ईलाका प्रहरी कार्यालयमा स्वास्थ्य सुरक्षा सामग्री बितरण गरेको समुहकी संयोजक सुस्मा तामाङ्गले बताउनु भयो ।

उहाँ अनुसार कोभिड महामारीको समयमा पहिलो पंक्तीमा खटिनुहुने सुरक्षाकर्मीहरुलाई कोरोना रोकथाम तथा न्युनिकरणमा केहि सहयोग पुगोस भन्ने उद्देश्यका साथ स्वास्थ्य समाग्री हन्तान्तरण गरिएको बताए ।

वितरण सामाग्रीमा पिपिए सेट, पल्स अक्सीमिटर,डिजिटल थर्ममिटर, सेनिटाईजर, गोलोप्स, सर्जिकल मास्क, र भिटामिन सि ट्याबलेट, सिटामोल,एन्टीकोर्ड ट्याबलेट लगायतका समाग्री हस्तान्तरण गरिको संयोजक तामाङ्गले बताउनु भयो ।

स्वास्थ्य समाग्री बुझ्दै बेलडाँडी ईलाका प्रहरी प्रमख निरीक्षक रबिन्द्र कठायतले यस्तो महामारीको समयमा अाफुहरूलाई स्वास्थ्य समाग्री प्रदान गर्नुभएकोमा धन्यावाद प्रकट गर्नुका साथै अन्य अोझेलमा परेकाहरूलाई पनि स्वास्थ्य सामग्री उपलब्ध गराईदिन अपेक्षा समेत गर्नुभयो ।

सहयोगी दात जुम्ला निवासी हाल अमेरीकामा बस्दै अाएका छन् । गत बर्षपनि उनले कञ्चनपुरको दक्षिणी क्षेत्रका सुरक्षा निकाय र स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री सहयोग गरेका थिए । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य तथा माउन्टेन टेलिभिजनका रिपोर्टर किशोर तामाङले गर्नु भएको थियो ।

ताजा समाचार