Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारफेरियो काँग्रेस : ओलीलाई कति भारी ?

फेरियो काँग्रेस : ओलीलाई कति भारी ?

काठमाडौं,

 गत पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्दा नेपाली कांग्रेसका धेरै नेताहरु चुनावप्रति मोहित देखिएका थिए । स्वयं पार्टी सभापति शेरबहादुर देउवा समेत ओलीप्रति कडारुपमा प्रस्तुत हुन सकेका थिएनन् । यतिसम्म कि सडक आन्दोलनमा रहेका अन्य दलसँग काँग्रेसले मोर्चाबन्दी गर्नसमेत चाहेन र एक्लै कार्यक्रमहरु ग-यो ।

तर, प्रतिगमन भाग– २ मा भने नेपाली काँग्रेस फेरिएको छ । शुरुकै दिनदेखि काँग्रेस आक्रामक देखिएको छ र वामपन्थी दलहरुसँग उसले मोर्चाबन्दी कसेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा यसपटक आक्रामकरुपमा ओलीको कदमविरुद्ध मैदानमा उत्रिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित ‘प्रतिगमन भाग–२’ ले मुलुक तरंगित छ । कोरोनाको महामारी चरम विन्दुमा रहेकै बेला शुक्रबार मध्यराति राष्ट्रपति भण्डारीले असंवैधानिक ढंगले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि विपक्षी दलहरुले अदालत र सडक दुबै ठाउँबाट संघर्ष गर्ने संयुक्त निर्णय गरेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसार बहुमतको सरकार गठनका लागि शुक्रबार पेसको दाबी खारेज गरेर राष्ट्रपतिले मुलुकलाई निर्वाचनतिर केपी ओलीको योजनालाई सघाएकी छिन्, जसको चौतर्फी विरोध जारी छ ।

किनभने ५ पुसमा संसद विघटन गर्दा प्रधानमन्त्री ओलीसँग बहुमत थियो त्यसैले उनी वैधानिक थिए । वैधानिक प्रधानमन्त्रीले अवैधानिक ढंगले संसद विघटन गरेका थिए । तर, ७ जेठमा प्रधानमन्त्री आफैं अवैधानिक भइसकेका थिए र अवैधानिक प्रधानमन्त्रीले असंवैधानिक ढंगले संसद विघटन गरेको काँग्रेस नेताहरु बताउँछन् ।

५ पुसमा संसद विघटन हुँदा काँग्रेस नेताहरुमा संसद पुनस्र्थापना कि निर्वाचन भन्नेमा दुई लाइन देखिएको थियो । संसद विघटनबारे पार्टीको औपचारिक निर्णय एउटै भए पनि त्यसबेला काँग्रेसको शीर्षतहमा मत बाझिएको थियो । काँग्रेस सभापति देउवा नै संसद पुनःस्थापनाको पक्षमा खुलेर नआएको अवस्था थियो ।

देउवाको गतिविधि संसद पुनःस्थापनाभन्दा पनि निर्वाचनमुखी थियो । त्यतिबेला काँग्रेसले ‘फेससेभिङ’का लागि मात्रै राजनीतिक लडाइँ थालेको जस्तो देखिन्थ्यो । र, त्यसले पार्टी कार्यकर्ताको तल्लो पंक्तिसम्मै अलमल थियो ।

ताजा समाचार