Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीविद्यार्थी नेता बस्नेत खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त

विद्यार्थी नेता बस्नेत खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त

विकास सिह महता/कञ्चनपुर,
कञ्चनपुरका विद्यार्थी नेता ओम बस्नेत जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियूक्त भएका छन । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले विद्यार्थी नेता बस्नेतलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
यस अघि जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको सदस्य भएका विद्यार्थी नेता बस्नेत हाल अध्यक्षमा नियुक्त भएका हुन । विद्यार्थी राजनीति संगै खेलाडी समेत रहेका बस्नेत विद्यालय प्रारम्भिक कमिटिबाट हाल एमाले निकट अनेरास्ववियूको अध्यक्ष समेत छन । विद्यार्थी नेता बस्नेत खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएसंगै उनले खेलकुद क्षेत्रको संस्थागत विकासमा प्रतिबद्धता जाहेर गरेका छन । ‘मलाई सरकारले दिएको जिम्मेबारी अनुरुप खेल र खेलाडीको संस्थागत विकासमा लाग्छु, ‘उनले भने, ‘दिएको जिम्मेबारी अनुरुप फरक रिजल्ट दिन्छु ।’ बस्नेत खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएसंगै उनलाई सहकर्मी, साथिभाई आफन्त, राजनीतिक गण नेतृत्वबाट बधाईको ओईरो छ ।

ताजा समाचार