Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीप्रतिभा ग्रिल उद्योग दोहोरो मारमा कोभिटले व्यवसाय बन्द, बर्षातले स्वाहा

प्रतिभा ग्रिल उद्योग दोहोरो मारमा कोभिटले व्यवसाय बन्द, बर्षातले स्वाहा

विकास सिह महता/कञ्चनपुर,
दोस्रो लहरमा देखिएको कोरोना महामारीका कारण उद्योग, व्यवसाय, शैक्षिक लगायतका क्षेत्र बन्द भएका छन । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पनि उद्योग व्यवसाय सबै क्षेत्र चौपट छन । महामारीकै विचमा अचानक अबिरल रुपमा परेको बर्षातका कारण कञ्चनपुरका विभिन्न स्थान डुवानमा परेका छन । भीमदत्त नगरपालिका ६ऐठपुरमा रहेको प्रतिभा ग्रिल उद्योगमा वाढी नै पसेर समान नष्ट भएका छन ।
एकातिर कोडिभले व्यवसाय बन्द, अर्कातिर बर्षातले व्यवसाय नै स्वाहा भएको छ । गयराती वाढी जस्तै अनपेक्षित रुपमा उद्योगमा वाढि पसेर उद्योगका मेसिन नष्ट भएका छन । प्रतिभा ग्रिल उद्योगका संचालक मिन बहादुर शाहले उद्योगभित्र रहेको सबै मेसिन पानी पसेर नष्ट भएको बताए । ‘एकातिर कोभिटले व्यवसाय बन्द थियो, ‘उनले भने, ‘जेठमै बर्षा भएर वाढि पसेर सबै समान नष्ट भए ।’ उनका अनुसार बिल्डीङ्ग मेसिन, कटर मेसिन, ग्रायण्डर मेसिन, तराजु लगायतका सबै मेसिन नष्ट भएका । लाखौँको मेसिन नष्ट भएसं्रगै तत्तकाल लकडाउन खुलेपनि उद्योग पुरानै अवस्थामा आउन नसक्ने उनको भनाई छ ।
बैदेशिक रोजगारीमा रहेका शाहले विदेशमा कमाएको पुरै रकम स्वदेशमै केही गर्नुपर्छ भनेर लगाएका थिए, आज आएर कोरोनासंगै प्रकृतिले समेत उनलाई चौपट बनाएको छ । यति विपद्को घडीमा सरकारले यस्ता युवा उद्यमीको पिरमर्का नबुझिदिएपछि युवा विदेश पलायन हुने देखिन्छ । प्रतिभा ग्रिल संगै महाकाली पुल निर्माणाधिन कम्पनी सहितका विभिन्न उद्योग व्यवसायीक क्षेत्रमा क्षति पुगेको छ । कोरोनाको मारमा रहेका उद्योगी व्यवसायीलाई थप जेठमै आएको वाढिले नोक्नासी पु¥याईदिएपछि उद्योगी व्यवसायी चिन्तित भएका छन । कोरोना मारमा परेका उद्योगी व्यवसायीलाई सरकारले राहत दिनुपर्ने कञ्चनपुर उद्योग वाणिज्य संघको आग्रह छ । उद्योग वाणिज्य संघ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले कोरोना र प्राकृतिक विपद्तीले धरासायी बनेका उद्योग व्यवसाय क्षेत्रको पूर्नरुत्थानका कार्यक्रम संचालन हुनुपर्ने सुझाव दिए । ‘कोरोनाले भत्किएको अर्थतन्त्र उकास्नका लागि सरकारले मारमा परेका व्यवसायीका लागि राहत योजना ल्याउनुपर्छ, ‘उनले भने, ‘यसरी पनि अर्थतन्त्र उकास्न सकिन्छ ।’

ताजा समाचार