Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमहामारी रोकथामका लागि कृष्णपुर नगरद्वारा परीक्षणको दायरा बढाउने देखि अक्सिजन सहितको एम्बुलेन्स

महामारी रोकथामका लागि कृष्णपुर नगरद्वारा परीक्षणको दायरा बढाउने देखि अक्सिजन सहितको एम्बुलेन्स

विकास सिह महता/कञ्चनपुर,
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कोरोना महामारी रोकथाम एव नियन्त्रणका लागि परीक्षणको तयारा बृद्धिदेखि अक्सिजन सहितको एम्बुलेन्स तयारी गरेको छ । नगर कार्यपालिकाको ७५औँ बैठकबाट पारित गरिएका निर्णय एक कार्यक्रमका विच सार्वजनिक गर्दै नगरपालिकाले कोरोना रोकथाम एव नियन्त्रणका लागि योजना अघि सारेको जनाएको छ ।हरेक साता तिन दिन पिसिआर संकलन गर्ने भएको छ ।
कृष्णपुरका नगरका प्रमुख कर्ण हमालले हस्ताक्षर गरेको विज्ञप्तीमा परीक्षणको दायरा बृद्धि, अक्सिजन सहितको एम्बुलेन्स, १५बेडको आईसोलेशन निर्माण, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता, कोरोना रोकथामका खटिने स्वास्थ्यकर्मी सहितका कर्मचारीको १०लाखको बिमा, कर्मचारी, स्वास्थ्यकर्मीलाई उपचारका लागि एकलाख सम्म औषधी खर्च दिने, निशुल्क एम्बुलेन्स सेवा, महाकाली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि १५लाख दिने, मालाखेती अस्पताल व्यवस्थापनका लागि ३लाख, नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुर र अत्तरिया शाखामा एक एक लाख रुपैया दिने निर्णय गरेको छ ।

ताजा समाचार