बेलडाँडी,
कोरोना भाइरसका कारण देश भर अक्सिजन अभावका कारण ज्यान गुमाईरहेको अवस्थालाई मध्यनजर गर्दै केही दिन पहिला बेलडाँडीमा सञ्चालन भएको “मेरो सहयोग” अभियानले बेलडाँडी गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

निम्तिन सक्ने खतरालाई मध्यनजर गर्दै बेलडाँडीले सतर्क अवस्थामा बस्नु पर्ने भन्दै सहयोग गरिएको जनाईएको छ । बेलडाँडी प्राथमिक केन्द्रलाई १ थान र राैतेली स्वास्थ्य चाैकी १ थान अक्सिजन कन्सन्ट्रेटर र ५ थान अक्सिडोमिटर सहयोग गरेको कार्यक्रमका अभियान्ता क्षतिज भट्टले जनाउनु भयो । उहाँका अनुसार अझै अक्सिजन सिलिन्डरको समेत व्यवस्था गर्ने तयारी रहेको बताए । यो भन्दा पहिला पनि गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताए । यस कार्यक्रमले अाजका मिति सम्म तीन लाख बराबर अार्थिक संकलग गरेको छ ।
सामग्री बुझ्दै बेलडाँडी अाइसोलेशन ब्यवस्थापक तथा वडा नं २ का अध्यक्ष प्रेमराज खातीले यसले धेरै राहत हुने बताउदै अागामी दिनमा समेत हातेमालो गर्दै अगाडि बढ्ने बताउनु भयो । उहाँका अनुसार अहिले बेलडाँडीको अवस्था सामान्य भएको बताउदै गाउँपालिकाले अाउन सक्ने खतरालाइ मध्यनजर गर्दै तयारी अवस्थामा रहेको बताए ।
अभियानलाई बलियो बनाउन अाफ्नो ब्याक्तिगत सहयोग गरेको जनाए ।