Friday, September 30, 2022
गृहपृष्ठआर्थिकईन्जिनियर विष्टद्वारा जन्मदिनको अवसर पारेर कोरोना संक्रमितलाई पोषिला खाने परिकार

ईन्जिनियर विष्टद्वारा जन्मदिनको अवसर पारेर कोरोना संक्रमितलाई पोषिला खाने परिकार

कञ्चनपुर,
कञ्चनपुरको बेलौरीमा रहेको उग्रतारा बाल विद्यालयका प्रबन्ध निर्देशक एव ईन्जिनियर दिपेन्द्र विष्टले आफ्नो जन्मदिनको अवसर पाररेर कोरोना संक्रमित बिरामीलाई पोषिला खाने परिकार दिएका छन ।
बेलौरीको इसान मेमोरियल अस्पतालमा उपचारार्थ कोरोना संक्रमित बिरामीलाई ईन्जिनियर विष्टले जन्मदिनको अवसर पारेर पोषिला खाने परिकार दिएका हुन ।
बेलौरीमा अक्सिजन कन्सन्टे«टर जडानका अभियन्ता समेत रहेका ईन्जिनियर विष्टले बुधबार फलफुल तथा अण्डा वितरण गरेका छन । उग्रतारा बाल विद्यालयका शिक्षक केशव विष्टले प्रबन्ध निर्देशक समेत रहेका शान्ति माध्यामिक विद्यालयका कम्प्युटर शिक्षक ईन्जिनियर विष्टले बेदकोट नगरपालिका ८ रौटेला स्थित बैजनाथ बिष्णू धाममा रहेका बृद्धबृद्धा जेष्ठ नागरिकलाई समेत कोरोना महामारीका बेला खाद्यान्न, स्वास्थ्य सुरक्षा समाग्री एव औषधी उपचारका लागि एक महिनाको तलब दिने घोषणा गरेको बताए । ईन्जिनियर विष्टले एक महिना बराबरको पारिश्रमिक ४० हजार ३८०रुपैया बराबरको खाद्यान्न स्वास्थ्य सुरक्षा समाग्री दिने घोषणा गरेका हुन । ईन्जिनियर विष्टले संकटका बेला जेष्ठ नागरिक सहितलाई संकटबाट बचाउनका लागि सहयोग गर्ने बताएका छन । विगतमा पनि ईन्जिनियर विष्टले विभिन्न समाजिक काम गर्दै आएका छन ।

ताजा समाचार