Tuesday, September 27, 2022
गृहपृष्ठआर्थिककोरोना रोकथामका लागि फ्रन्ट लाईनमा खटिएका सुरक्षाकर्मीलाई फलफुल तथा नास्ता वितरण

कोरोना रोकथामका लागि फ्रन्ट लाईनमा खटिएका सुरक्षाकर्मीलाई फलफुल तथा नास्ता वितरण

विकास सिह महता
कोरोना रोकथाम एव नियन्त्रणका लागि फ्रन्ट लाईनमा खटिएका कञ्चनपुरका सुुरक्षाकर्मीलाई एक समाजसेवि युवा समुहले फलफुल एव नास्ता वितरण गरिरहेका छन ।
खगेन्द्र प्रशाद जोशी नेतृत्वमा महेन्द्रनगरका युवा समाजसेवि समुहले महामारीका बेला सुरक्षाकर्मीको हौसला प्रदानका लागि नास्ता स्वरुप फलफुल, पानी, विस्कुल वितरण गरिएका छन । जोशी सहित संचारकर्मी जनक चन्द, रमेश परियार, मिराज अन्सारी र करन पाल समुहका युवाहरुले राजमार्ग, सीमा, बजार गाँउ क्षेत्रमा खटिएका सुरक्षाकर्मी(सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई दिईरहेका छन । सुरक्षाकर्मीले महामारीका बेला समाजतहबाट गरिरहेको सद्भावले उत्साहित भएका छन । उक्त युवाको समुहले विगत १७दिनदेखि नियमित नास्ता खुवाईरहेका छन ।

ताजा समाचार