Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमहामारीमा पोल्ट्री किसानको व्यवसाय चौपट मासु तथा अण्डाजन्य पदार्थ पनि खाद्य हो...

महामारीमा पोल्ट्री किसानको व्यवसाय चौपट मासु तथा अण्डाजन्य पदार्थ पनि खाद्य हो तर, त्यसको आपूर्तिमा समन्वय अभाव

कृष्ण नेपाली/कञ्चनपुर,
दोस्रो चरणमा देखिएको कोरोना महामारीले कञ्चनपुरको कुखुरा पालन किसान तथा पोल्ट्री व्यवसायको व्यवसायी चौपट नै भएको छ । महामारीका बेला किसानले उत्पादन गरेका कुखुरा र अण्डा बिक्रि वितरण नहुँदा व्यवसायी मारमा परेका छन ।
कञ्चनपुरका झण्डै ५ हजार कुखुरा पालक किसान, पोल्ट्री व्यवसायीको व्यवसाय धरापमा परेको छ । कुखुराको आहाराका लागि चाहिने दाना, सप्लार्यस उत्पादनमा सहजिकरण नभएपछि किसान मारमा परेका छन । किसान पोल्ट्री सप्लार्यसका संचालक एव कञ्चनपुरका कुखुरा पालक किसान किरण साउदले महामारीका बेला जनताले स्वच्छ ताजा मासु आहाराबाट बञ्चित भएको बताए । ‘हामी किसान आहारा र मासु सप्लार्यस गर्न पाएका छैनौँ, ‘उनले भने, ‘महामारीका बेला उपभोक्ताले पोसिलो खानामा मासु समेत पाएका छैनन ।’ किसानले बैकिङ्ग गरेर कुखुरामा लगानी गरेको सबै डुबेको बताउदै उनले किसान जहाँबाट पनि मारमा परेको बताए । ‘जसरी पं्रशासनले सातामा दुई दिन खाद्यान्न र फलफुलका लागि खुला गरिएको छ, ‘उनले भने, ‘त्यसरी कम्तिमा मासुपनी खाद्यान्न भित्र पर्ने भएकाले भौतिक दुरी र स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर उपभोक्ताका लागि उपलब्ध गराउनदिनुपर्छ ।’ किसानको आर्थिक समाजिक व्ययभार बुझेर सरकारले सोही अनुरुप राहतका प्याकेज ल्याउनुपर्नेमा उनले जोडदिए ।
मानिसका लागि चाहिने पौष्टिकतत्व मासुमा पाईने भएकाले उपभोक्ता समेत मारमा परेको बताउदै उनले आहारा ढुवानी र मासु आपूर्तिमा सहजिकरण गर्नुपर्ने सुझाव दिए । ‘मानिसलाई रोगव्यधी लागेपछि चिकित्सक एव स्वास्थ्यकर्मीले समेत माछामासु अण्डा खान सुझाव दिन्छ, ‘उनले भने, ‘यत्रो महामारीका बेला जनताले पैशा हुँदा पनि पोषिलो खानेकुरा खान पाएका छैनन, आफै झन बिरामी हुन्छन ।’ कञ्चनपुरबाट उत्पादन भएका कुखुरा, माछा, अण्डा स्थानीयदेखि कैलाली सुदूरका पहाडी जिल्लामा खपत गर्दै आएको बताँउदै युवा व्यवसायी साउदले यस तर्फ स्थानीय तहदेखि तीनै सरकार जिम्मेबार हुनुपर्ने बताए । उनले किसानको मर्का र उपभोक्ताको अधिकार व्यवस्थापनमा सहजिकरण गरिदिन आग्रह गरेका छन ।

ताजा समाचार