Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकोरोनाको उच्च जोखिममा शिक्षक खोप नपाउँदा कञ्चनपुरका सात शिक्षक एक विद्यालय कर्मचारीले...

कोरोनाको उच्च जोखिममा शिक्षक खोप नपाउँदा कञ्चनपुरका सात शिक्षक एक विद्यालय कर्मचारीले ज्यान गुमाए

पहिलाद राना/कञ्चनपुर,
दोस्रो चरणमा देखिएको कोरोना महामारीले शिक्षक उच्च जोखिममा परेका छन । बढि भिडभाँड हुने क्षेत्र विद्यालयमा शिक्षकले पढाउनुपर्ने अवस्थाका कारण पनि शिक्षक उच्च जोखिममा परेका हुन ।
अज्ञानबाट ज्ञानतर्फ डो¥याउने शिक्षकलाई सरकारले खोप नदिएका कारण उनीहरु दोस्रो लहरमा उच्च जोखिममा पर्दै गएका छन । अन्य कर्मचारी निजामति, विभिन्न गैर सरकारी संस्था सहित, जेष्ठ नागरिकलाई सरकारले खोप दिएपनि शिक्षकलाई खोप नदिदा उनीहरु उच्च जोखिममा परेको पाईन्छ ।
गत बर्ष पहिलो चरणमा देखिएको कोरोना महामारीका बेला कञ्चनपुरका कुनैपनि शिक्षकले ज्यान गुमाएका थिएन । तर, यस बर्ष भने एक महिनाकै अवधिमा सात शिक्षक र एक विद्यालय कर्मचारीले कोरोनाले ज्यान दिएको छ । हालसम्म कञ्चनपुरमा १२५ जनाले ज्यान गुमाएका छन । जसमध्ये ६ प्रतिशत शिक्षकले मात्रै ज्यान गुमाएको पाईन्छ ।
३४ बर्षदेखि ५५ बर्षिया शिक्षकको अकालमै अक्सिजन नपाएका कारण ज्यान गएको शिक्षकहरुले बताएका छन । ज्यान गुमाउने पनि सबैभन्दा बढि सामुदायिक विद्यालयकै रहेका छन । सातै जना शिक्षक सामुदायिक विद्यालयमा कार्यरत रहेका छन । भने एक निजी विद्यालयमा कार्यरत कर्मचारी रहेकी छिन ।
शुरुमै दोधाराचाँदनी नगरपालिका ६ बाबाथान स्थित लक्ष्मी माविका प्रध्यानाध्याक ३७ बर्षिया लोकराज भट्टको अक्सिजन नपाएर निधन भयो ।
मृतक शिक्षकका सहकर्मी शिक्षक डम्मर राज जोशीले शिक्षकमाथि सरकारले चरम विभेद गर्दाको परिमाण होनहार शिक्षकले ज्यान गुमाउनु परेको बताए । ‘यहाँ मृतक लोकराज भट्ट सर मसंगै १५ बैशाखमा टिपिटी तालिम सकेर फर्किएका थियौँ, ‘उनले भने, ‘एक्कासी समान्य बिरामी पर्नुभएको रहेछ, महाकाली अक्सिजन नपाएर अर्को अस्पताल लैजाँदै गर्दा बाटैमा देवशान हुुनुभयो ।’ एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका नेता समेत रहेका जोशीले होनहार शिक्षकको निधनले सिङ्गो राज्यलाई नै घाटा हुने बताए ।
‘हजारौँको भिडमा काम गर्ने हामी सरकारी शिक्षकलाई सरकारले वास्ता नै गरेन, ‘उनले भने, ‘यो त अति नै भयो, खोप नपाउँदा शिक्षकको मृत्युदर बढ्यो ।’ समुदायिक विद्यालय जबरजस्ती खोलेर विद्यालयमा सुरक्षा समाग्री प्रबन्ध नगर्दा समेत जोखिम बढेको उनको अनुभव छ । शिक्षक अस्पताल नहुँदा समेत शिक्षक उच्च जोखिमा रहेको उनले बताए । उनले शिक्षक अस्पताल खोलिए आफ्नो एक महिनाको पारिश्रमिक दिन तयार रहेको घोषणा गरे ।
शिक्षक भट्टसंगै केही दिनमै भीमदत्त नगरपालिका महेन्द्रनगर स्थित भृकुटी माविकी ५५ बर्षिया शिक्षिका मञ्जु केसीको पनि अक्सिजन नपाएरै मृत्यु भएको उनले बताए ।
भीमदत्त नगरपालिका ५ बनखेत घर भई गेटा कैलाली स्थित सरस्वी माविमा शिक्षक ४५ बर्षिया चित्रदेव भट्ट, भीमदत्त नगरपालिका १२ ऐरी स्थित पूर्ण माविमा कार्यरत ४९ बर्षिया डम्बरा विष्ट , बेदकोट नगरपालिका ७ सुडा घटाल माविका पुर्व प्रअ रामदत्त जोशी, भीमदत्त नगरपालिका ६ ऐठपुरका सिन्धुपलान्चोक एक सामुदायिक विद्यालयमा पठाउने ३४ बर्षिया धर्मानन्द भट्ट र शुक्लाफाँटा नगरपालिका ८ बैजनाथ आधारभूत विद्यालयका प्रअ विष्णू प्रशाद रेग्मीको उपचारकै क्रममा मृत्यु भएको छ । भने पूनर्वास नगरपालिका ६ स्थित युगज्योति मावि एकेडेमीमा कार्यरत कर्माचारी ३६ बर्षिया उमा भुजेलको मृत्यु भएको छ ।
कञ्चनपुरका युवा शिक्षक नवराज पन्तले सरकारी कर्मचारी आफुहरु पनि हुँदा सरकारले विभेद गरेकै उपज शिक्षकले अकालमै ज्यान गुमाउनु परेको बताए । ‘शिक्षकको कामको महत्वको अहिल्यै उचित मुल्याङकन भएन, ‘उनले भने, ‘अहिलेपनि कञ्चनपुरका एकसय बढि शिक्षक कोरोना संक्रमित भई उपचारमा छन ।’
समयमै खोप र दैनिक ७ घण्टा विद्यालयमा सयौँ, हजारौँको भिडमा काम गर्ने शिक्षकलाई सरकारले खोप दिन आनाकानी गर्दा शिक्षक कोरोनाको शिकार हुनुपरेको कञ्चनपुरका शिक्षक उत्तम विष्ट बताउँछन । ‘हामी शिक्षकमाथि सरकारले गरेको विभेदको कुनै सीमा छैन, ‘उनले भने, ‘कुनै एक देशमा शिक्षक, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पहिलो प्राथमिकतामा परेका थिए, तर हाम्रो देशमा शिक्षकको कुनै प्राथमिकता छैन, धमाधम ज्यान गुमाउनुपर्ने बाध्यता छ ।’
भविष्यका कर्णधार यो देशको शैक्षिक जनशक्ति उत्पादन गर्ने शिक्षकमाथि सरकारले जहिले नै विभेद गरेको बताउदै उनले समयमै खोप नपाउँदा शिक्षकको मृत्युदर बढेको बताए । शिक्षकको हकहितका लागि खोलिएका महासंघ जस्ता विभिन्न संघ संगठनले समेत सरकारसंग पहल गर्नुको साटो सरकारी संयन्त्रणसंग मिलेर विदेश सयर बाहेक केही नगरेका कारण पनि शिक्षकको पिरमर्का कसैले नबुझिदिएको बताए ।
नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिह धामीले समयमै सरकारले खोप नदिएकाले कोरोनाले शिक्षकको मृत्यु भई सरकारले हत्या गरेको बताए । ‘हामीलाई जहिले पनि राज्यले हेपेकै छ, ‘हरेक परिर्वतनमा हाम्रो भूमिका अमुल्य हुन्छ, तर आज आएर शिक्षकले हामीमाथि विभेद नभई हत्या गरेको छ ।’ शिक्षक जहिले पनि समुदायसंग घुलमिल र संगै रहेर काम गनुपर्ने पेशा भएकाले पनि सरकारले बुझ्नुपर्नेमा नबुझिदिएको उनको दुखेसो छ । उनले देशभरीबाट सयौँ शिक्षकले ज्यान गुमाईसकेको बताउदै अब अतिले ज्यान गुमाउनुपर्ने हो, सो बारे चिन्ता व्यक्त गरे ।
समयमै खोप नपाउँदा शिक्षकको यो हविगत भएको उनको भनाई छ । शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरका शाखा अधिकृत रुपराम तिरुवाले शिक्षकलाई सरकारले खोपबाट बञ्चित गरेको बताए । ‘शिक्षकलाई दिनुपर्ने हो, तर दिईएन, ‘उनले भने, ‘यो अति नै अपरिहार्य काम थियो ।’ सरकारमा जाने दलहरुले जहिलेपनि शिक्षकलाई प्रयोग गर्ने तर, चुनाव जितेपछि वास्ता नराख्ने प्रवृतिका कारण पनि शिक्षक दल नेताहरुका लागि प्रयोग गर्दै फाल्ने प्रवृतिले शिक्षक जहिले पनि बेहालमा बस्नुपर्ने अवस्थाछ ।

ताजा समाचार