Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीगाँउका अस्पतालमा मृत्यु भएका संक्रमितको परिवारले नै अन्येष्टी गर्दै

गाँउका अस्पतालमा मृत्यु भएका संक्रमितको परिवारले नै अन्येष्टी गर्दै

खडका रावल/कञ्चनपुर,
कञ्चनपुरको ग्रामिण भेगका अस्पतालमा कोरोना संक्रमित भई उपचारका क्रममा मृत्यु भएकाको शव आफन्त परिवारले नै जोखिम मोलेर अन्त्येष्टी गरिरहेका छन ।
यस अघि कोरोना संक्रमितको मृत्यु भएको नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएको थियो । १ बैशाखदेखि शव व्यवस्थापनको कार्यविधि परिर्वतन भएस्रगै पहिलो जिम्मेबारी परिवारको भएकाले अहिले जिल्लाका ग्रामिण भेगका सरकारी तथा निजी अस्पतालमा मृतकको शव आफन्तबाटै व्यवस्थापन भईरहेको छ ।
नगरपालिकाले शव बहानका लागि गाडी र शव दाहसंस्कारका लागि पिपिई सेट उपलब्ध गराएसंगै जिल्लाका ग्रामिण भेगका अस्पतालमा मृत्यु भएका संक्रमितको परिवारले नै अन्त्येष्टी गरिरहेका छन ।
बेलौरी र दोधाराचाँदनी नगरपालिका क्षेत्रका स्थानीयले आफैले शव व्यवस्थापन गर्दै घाट लगेर अन्त्येष्टी गरिरहेका छन । दोधाराचाँदनी नगरका प्रवक्ता दिल बहादुर सिजालीले दोधारा प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएका कोरोना संक्रमितको शव आफन्त परिवारले नै अन्त्येष्टी गरिरहेको बताए ।
‘हाम्रो यहाँ आफन्तले नै शव व्यवस्थापन गरिरहेका छन, ‘प्रवक्ता सिजालीले भने, ‘सेना नआईदिएपछि जोखिम मोलेर नै मृतक परिवारले अस्पतालदेखि घाटसम्म आफैले बोकेर लगेर अन्त्येष्टी गरिरहेका छन ।’
सेनासंग सम्पर्क गर्दा महाकाली अस्पतालमा एकै दिन ८जनाको मृत्यु भएकाले भोली मात्र आउन सकिने बताएसंगै मृतकका आफन्तले मरेकै दिन अन्त्येष्टी गरेको बताए ।
कोरोनाले थलिएका बिरामीको उपचारका क्रममा मृत्यु हुँदा विपन्न तथा गरिब समुदायका नागरिकमाथि थप व्ययभार परिरहेको छ । ‘दाउरा आफैले व्यवस्थापन गर्नुपर्छ, ‘प्रवक्ता सिजालीले भने, ‘पीडा माथि नागरिकका पीडा छन, हामीले नगरपालिकाबाट शव ओसार्न साधन र पिपिई सेट उलब्ध गराएका छौँ ।’ मृतकको अवस्था हेरेर २देखि ४सम्म पिसिईसेट उलब्ध गराएर शव अन्त्येष्टी गरिरहेको प्रवक्ताले बताए । शव जलाउनका लागि दाउरा सहितका समाग्री खरिद गर्न २०÷२५ हजार खर्च लाग्ने बताए । लकडाउनका बेला उस्तै पनि पैशा अभावका कारण मृतकलाई थप व्ययभार परिरहेको छ । सात शव आफन्त घर परिवारले व्यवस्थापन गरेको प्रवक्ता सिजालीले बताए ।
बेलौरीको इसान मेमोरियल अस्पताल र कोडिभ अस्तालमा मृत्यु भएका ५ जनाको शव पनि घर परिवार आफन्तले आफैले व्यवस्थापन गरेका छन । इसान मेमोरियल अस्पतालका अध्यक्ष आईसजङ्ग कुँवरले कोरोना संक्रमितको शव व्यवस्थापनका कार्यविधि परिर्वतन भएकाले आफन्त घर परिवारबाटै स्वाथ्य सुरक्षाका मापदण्ड पुरा गरेपछि अन्त्येष्टी गर्न सकिने बताए । ‘यहाँ संक्रमितका आफन्तले आफैले शव व्यवस्थापन गरिरहेका छन, ‘उनले भने, ‘नगरपालिकाले शव बहान र पिपिई उपलब्ध गराएको छ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले घर परिवारले शव अन्त्येष्टी गर्न नमानेको र आफन्त नभएको खण्डमा सेनाले शव व्यवस्थापन गर्ने बताए । बेलौरीका संक्रमित मृतकको दोदा र दोधाराचाँदनीका संक्रमितको महाकाली नदीमा अन्त्येष्टी गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार दोस्रो लहरमा देखिएको कोरोना महामारीका कारण १२५जनाको मुत्यु भईसकेको छ ।

ताजा समाचार