Friday, September 30, 2022
गृहपृष्ठआर्थिकप्रत्येकअार्थिक सामाजिक सहयोगमा युवा उद्यमी "माली"

प्रत्येकअार्थिक सामाजिक सहयोगमा युवा उद्यमी “माली”

बेलडाँडी,
अहिले कोरोना भाइरस कोभिड १९ का कारण जताततै भयावह अवस्था छ । यस अवस्थालाई मध्यनजर गर्दै बेलडाँडीका युवा उद्यमी तथा युवा समाजसेवी प्रकाश मालीको सामाजिक सेवा भावले प्रकट भएको “मेरो सहयोग अभियानले” शिखर चुम्न तिर उन्मुख भएको छ ।

उद्यमी माली सानै देखि समाजसेवामा उतिनै रूचि राख्ने अभियान्ता हुन् । उनी अाफ्नो गासकाटेर समाजका निम्ति कुनै सकारात्मक परिवर्तन हुन्छ भन्ने मध्येकै युवा समाजसेवी मै बेलडाँडीको पहिलो युवा हुन्।

उहाँले यस्ता सामाजिक कार्यमा धेरै नै सहयोग गर्दै अाएका छन् । कोरोना महामारी लाई परास्त गर्न उनले यो अभियान चलाउन साथीभाइमा अाग्रह गरेपछि उक्त कार्य हुन पुगेको हो । बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी बजारमा हाल फर्निचर उद्योग सञ्चालन गरिरहेका माली भन्नू हुन्छ ” गरिबको पीडा के हो, कस्तो हुन्छ मैले राम्रो संग अजमाएको छु, त्यसैले कुनै पनि सामाजिक कार्यमा अाफुले भ्याए जति सहयोग गर्दै अाएको छु ।” अन्य साथीहरू पनि अभियानमा सहयोग गर्न अपिल गरिराखेका छाैं । यो अभियानमा सम्पुर्ण साथीहरूको अहम् साथ सहयोग रहेको छ, हामी यसरी हातेमालो गर्दै स्थानीय सरकारलाई साथ दिदै गयो भने उसले पनि अाफ्ना नागरिक बचाउने पुर्ण जिम्मेवार बन्ने छ भन्ने मार्गदर्शन पनि यो मेरो सहयोग अभियानले गर्ने बताउनु भयो । उहाले भन्नू भयो यो मेरो अभियान होइन हामी सबैको साझा अभियान हो, यसमा अार्थिक सहयोगले मात्र हुदैन, बैचारिक,भाैतिक सहयोगको पनि उत्तिकै अावस्यकता छ त्यसैले यसमा साबै साथीहरूले जोडिन अनिवार्य छ ।

ताजा समाचार