Friday, September 30, 2022
गृहपृष्ठआर्थिकमेरो सहयोग" अभियानलाई चाैंतर्फी अार्थिक सहयोग

मेरो सहयोग” अभियानलाई चाैंतर्फी अार्थिक सहयोग

बेलडाँडी,
कोरोना भाइरस कोभिड-१९ नियन्त्रण तथा न्युनिकरणका लागि बेलडाँडीका अगुवा युवाहरूले जेठ २ गते देखि सञ्चालन गरेको “मेरो सहयोग” अभियान लाई चाैंतर्फी अार्थिक सहयोग हुन थालेको छ ।

अक्सिजन कमिका कारण देशभर ज्यान गुमाइ रहेको अवस्थालाई मध्यनजर गर्दै मेरो सानो सहयोगले कोरोना परास्त गर्न सहयोग पुगोस् भन्ने मुल अभियानका साथ बेलडाँडीका सचेत युवाहरूले थालनी गरेको अभियानमा देश बिदेशबाट सहयोग जुट्न लागेको छ ।

अभियानको अाज तेस्रो दिन पुग्दा सहयोगी मनहरूबाट झण्डै डेड लाख भन्दा बढी जमा भएको एक अभियान्ताले बताउनु भयो ।

खास गरि बेलडाँडी क्षेत्रमा निम्तिन सक्ने खतरालाई रोकथाम तथा न्युनिकरणका लागि अार्थिक संकलन गरि मास्क, सेनिटाइजर अक्सिजन कन्सन्ट्रेटर,एनटीजीन लगायतका अत्यावश्यक सामाग्री खरिद गरि आवश्यक परेकालाई गा.पा. स्वास्थ्य केन्द्रको र अभियानको समन्वयमा अत्यावश्यक परेकालाई सहयोग गरिने जनाईएको छ ।

सम्पुर्ण सहयोगी दाताहरू प्रति धन्यवाद ब्यक्त गर्दै अभियानले कोरोना कहरको बेला थोरै राहत दिनको लागि सबैको सहयोगको अपेक्षा समेत गरेको छ ।

सहयोग गर्न चाहनुहुने मनहरूले उल्लेखित ई-सेवा नम्बर र खाता नम्बरमा विभिन्न माध्यमबाट सहयोग गर्न सक्नुहुनेछ ।
ई सेवा नम्बर – ९८४८६९५८९८
बैंक खाता नम्बर – I587956788952401
खातावालाको नाम क्यापिटल अक्षरमा रहेको छ – KSHEETIJ BHATT nic asia bank
मोबाइल नम्बर ९८४८७५९६०३/ ९८०६४२३०४५
निश्चल जोशी सम्पर्क नम्बर ९८४८६९५८९८
सन्देश पाण्डे -९८४८७४५८४१
सचिन कठायत-९८४८७३२६३१
प्रकाश माली-९८६४६६४६०६
एकेन्द्र शाह – ९८४८७१४३२३

ताजा समाचार