खडक रावल
भारतबाट गैर कानुनी रुपमा तस्करी गरि नेपाल भित्रिएका तस्करका अवैध समान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी दोधारा बोर्डर आवट पोष्टको टोली लकडाउनका बेला अवैध रुपमा ओसारपोसार गरिरहेको अवस्थामा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल ३५नम्बर गण् शैलेश्वरीका अनुसार दोधारा, गडड्डाचौकीबाट सशस्त्र प्रहरीको टोलीले सूर्ति, बिडी, चिनी, गुट्खा, साईकल, प्रतिबन्धीत माछा र काठ सहित बरामद गरेको छ । झण्डै १ लाख २५ हजार १७०रुपैया बराबरको अवैध समान बरामद गरि भन्सार र वन कार्यालयमा बुझाएको छ ।
कोरोना महामारीको चेन तोड्नका लागि सशस्त्र प्रहरीले भारतसंग सीमा जोडिएको दोधाराचाँदनी क्षेत्रमा उच्च कडाई गरेको छ । लकडाउन प्रभावकारी बनाउनेदेखि गैर कानुनी गतिबिधी नियन्त्रण गर्दै आएको छ ।
सशस्त्र प्रहरीले जनताको जिउधन सुरक्षाका लागि अहोरात्र खटिएको कामप्रति केही तस्कर समुह बाहेक स्थानीयले प्रससा गरिरहेका छन । दोधारामा रहेका सशस्त्र प्रहरीले महामारीका बेला जनताको सुरक्षाका लागि गरेका कामको जनप्रतिनिधीले समेत प्रसंसा गरेका छन । जनप्रतिनिधी एव नागरिक समाजले सशस्त्र प्रहरीलाई महामारीका बेला सघाउनुपर्नेमा जोडदिएका छन । सशस्त्र प्रहरीले महामारीका बेला अवैध गतिबिधी नगर्न र लकडाउनको पालाना गर्न आब्हान गर्दै आएको छ ।
