Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबैजनाथ युवा क्लबद्वारा कोरोना नियन्त्रणका लागि सार्वजनिक स्थल सफाई तथा माक्स वितरण

बैजनाथ युवा क्लबद्वारा कोरोना नियन्त्रणका लागि सार्वजनिक स्थल सफाई तथा माक्स वितरण

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं ४ मा रहेको बैजनाथ युवा क्लबले अाफ्ना वडा भित्रका सार्वजनिक स्थल सफाइ तथा बिना मास्क हिडडुल गर्ने किसानलाई मास्क वितरण गरेका छन् ।


अाज वडा नं ४ का अध्यक्ष वीर बहादुर खडका, सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारी, प्रहरी प्रतिनिधि लगायत क्लबका युवाहरूको पहलमा शिव मन्दिर सरसफाइ तथा वडा भित्र अति अावश्यक कामले हिड्नेहरूलाई मास्क सेनिटाइजर वितरण गरेको क्लबका अध्यक्ष मोहन सिह महराले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।

उहाँका अनुसार क्लबले भयावह अवस्थामा फैलिरहेको कोरोना भाइरस न्युनिककरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै अाएको बताए ।


लकडाउनको समयमा जथाभावी घुमफेर गर्नेलाई समेत सम्झाइ बुझाई घरमै बस्न सल्लाह दिदै अाएको समेत बताए ।

यस क्लबले छोटो समयमा सामाजिक कार्यमा सकृयता देखाउदै अाएको छ । युवाहरूको यस्तो कार्य प्रति स्थानीयहरू खुसी भएका छन् ।

ताजा समाचार