Tuesday, September 27, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारयुवा नेता एव उद्यमी परियारद्वारा महाकाली अस्पतालमा ३० थान अक्सिजन सिलिण्डर सहयोग

युवा नेता एव उद्यमी परियारद्वारा महाकाली अस्पतालमा ३० थान अक्सिजन सिलिण्डर सहयोग

कृष्ण नेपाली/कञ्चनपुर,
नागरिक अक्सिजन नपाएर धमाधम अकालमै ज्यान गुमाईरहेका बेला कञ्चनपुरका एक युवा नेता एव उद्यमीले महाकाली अस्पतालमा अक्सिजन सहयोग गरेका छन ।
बेदकोटका युवा नेता एव उद्यमी ललित परियार(गुन्याल)ले महाकाली अस्पतालमा ३० थान अक्सिजन सहयोग गरेका हुन । उनले समता मिडिया सेन्टरसंगको संयूक्त पहलमा अस्पतालमा अक्सिजन सहयोग गरेका छन । आइतबार महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य कौसिल्या ओझालाई उक्त शिलिण्डर हस्तान्तरण गरेका छन । ‘बिरामी भएपछि अस्पताल निको हुने ठाँउ हो, ‘उनले भने, ‘अस्पतालमा अक्सिजन अभाव भएर मानिसले ज्यान गुमाएको खबर पाए आफ्नो तर्फबाट महामारीका बेला सक्दो सहयोग गरेका हुँ ।’
महामारीका बेला सबैले आ–आफ्नो तर्फबाट सकेको भौतिक, आर्थिक, नैतिक सहयोग गरेर आफु, परिवार समाज बचाँउनुपर्नेमा जोडदिदै नेता परियारको भनाई छ । महेन्द्रनगरको यूनिक सेलाई सेन्टरका संचालक समेत रहेका समाजसेवि परियारले गत बर्ष समेत कोरोना महामारीका बेला खाद्यान्नदेखि स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेका थिए । उनले यस बर्ष समेत महामारीका बेला जनताको स्वास्थ्यका लागि अक्सिजन सहयोग गरेका छन । महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य कौसिल्या ओझा(किरण)ले यसरी नागरिक स्तरबाट अस्पतालमा सहयोगले बिरामीको उपचारमा टेवा पुग्ने बताए । अस्पतालले सहयोगी हातहरुप्रति अभाव प्रकट गरेको छ ।

ताजा समाचार