विकास सिह महता/कञ्चनपुर,
कोरोना महामारीले नागरिकलाई कसरी बाँच्ने चिन्ता छ, कोरोना चेन तोड्नका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । उस्तैपनि दुध तथा दुधजन्य पदार्थ बिक्रिका लागि खोलिएका डेरीमा मदिरा बिक्रि वितरण गर्न पाईदैन । डेरी र मदिराका पसल आकास पाताल फरक हुन तर, कञ्चनपुरका केही डेरीका संचालकहरुले डेरी बाहेक अन्य समाग्री यतिसम्मकी मदिराको कारोबार गरिरहेको पाईन्छ ।
भीमदत्त नगरपालिका ६ऐठपुरको एक डेरीबाट प्रहरीले ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । ऐठपुरको विष्टडेरीबाट प्रहरीले विभिन्न ब्राण्डका मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले डेरीबाट बरामद गरिएको मदिरा आन्तरिक राजस्व कार्यालयमा बुझाईएको छ । कर्णाली, डिलक्स, डाईमण्ड, रंगोल, स्टोङ्गबियर, अर्ना बियर, ८८४८लगायतको मदिरा बरामद गरेको छ । महामारीका बेला डेरी व्यवसायी कालोबजारीमा जुटेका छन । सेतो कारोबारमा कालोधन्दा संचालन गर्नेमाथि कार्बाही गर्न स्थानीयले माग अघि सारेका छन । प्रहरीले कालोबजारी गर्नेमाथि डण्डा बजाउने चेतावनी दिएको छ । महामारीका बेला गैर कानुनी काम नगर्न समेत हात जोडेर आग्रह गरेको छ ।
