बेलडाँडी,
सशस्त्र प्रहरी सिमा सुरक्षा बल कञ्चनपुरले ब्राउन सुगर सहित पत्रकारको भेषमा रहेका एक जनालाई बेलडाँडीको सिमा क्षेत्रबाट पक्राउ गरेको छ ।

बेलडाँडी गाउँपालिका वडा नम्बर–३ बैवाह र बेलाैरी १० भुडा सिमा क्षेत्रबाट हिजो बेलुका ६ बजे तिर पत्रिकाको पास र प्रेस जकेट लगाएका शुक्लाफाँटा नगरपालिका वडा नम्बर– ४ बस्ने अन्दाजी बर्ष २५ का नरेश प्रसाद जोशीको साथबाट ब्राउन सुगर सहित पक्राउ गरेको शसस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरका प्रमुख एसपी विरेन्द्र बहादुर ऐरले जानकारी दिनु भयो ।
उनको साथबाट अन्दाजी ७ ग्राम भन्दा बढी खैरो हिरोईन बरामद् गरीएको एसपी ऐरले बताउनु भयो । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बर्डर आउट पोष्ट झिलमिला,भुडा र एसएसबीको सयुक्त गस्ती टोलीलले सीमा ईलाकामा गस्ती गर्ने क्रममा “ प्रेस” लेखेको ज्याकेट लगाएको ब्यक्तिले भारतीय नागरिकबाट केही लिएको संङ्का लागि चेकजाँच गर्ने क्रममा जोशीको साथबाट अन्दाजी ७ ग्राम भन्दा बढी खैरो हिरोईन नामक लागु औषध, मोवाईल थान-२, क्यामेरा-१, बैँक चेक थान- ५ थान,सुदूर खबरको परिचय पत्र थान-१, जिल्ला प्रशासनले लकडाउको समयमा मिडिया हाउसलाई दिएको सिफारिस पश्चिम नेपाल दैनिकको पास थान-१, यु.एन. ट्रेड कन्सर्नको नाम रहेको मो.सा.को ब्लु बुक सहित बरामद गरी आवश्यक कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । उहाँका अनुसार अाफ्नो कार्यकालमा ३३ जना खैरो हिरोईन सहित प्रकाउ गरि प्रहरीलाई बुझाई सकेको बताए । समाज कुलत तिर जानलागेको प्रति चिन्ता गर्दै अभिभावक हरूले अाफ्ना बालबालिकालाई अनावश्यक घुम्न नदिन अाग्रह गरे । सबै अभिभावक हरूले अा-अाफ्ना नानीबाबुको ख्याल गर्नेहो भने केही हदसम्म नियन्त्रण हुने बिचार व्यक्त गरे ।
उनलाई म्याद थपका लागि आजनै लगिने ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक रविन्द्र कठायतले बताउनु भयो । वहाका अनुसार बैशाख १२ गते अाफु बेलडाँडी हाजिर भएको र सशस्त्र प्रहरी र प्रहरीको साझेदारीमा ९ जना ब्राउन सुगर सहित पक्राउ गरेको बताए । जसमध्ये ३१ ग्रा.३७० मि.ग्रा. ५ जना सहित प्रहरीले समातेको र २० ग्रा.३७० मि.ग्रा. सशस्त्र प्रहरीको सहयोग समातेर कार्वाही प्रक्रियामा अघि बढेको बताए । उहाँले भने यसरी दिनप्रतिदिन लागू अाैषध कारोबारी बढ्दा समेत अभिभावक निद्रामा हुने हो भने यसले ठूलो रूप लिने चिन्ता व्यक्त गर्दै सबैले सचेत भई न्युनिकरणका बिषयमा छलफल गर्नु पर्ने बताए ।
पछिल्लो समयमा दक्षिणि क्षेत्रका खुला सिमा नाकाहरुमा प्रहरी र सशस्त्र प्रहरीको सकृयताले लागु औषध कारोवारी धमाधम पक्राउ पर्न थालेका छन् ।