Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारकोरोनाले कञ्चनपुरमा एक सुरक्षाकर्मीको मृत्यु जो जनताको सुरक्षा गर्दा गर्दै कोरोनाको शिकार...

कोरोनाले कञ्चनपुरमा एक सुरक्षाकर्मीको मृत्यु जो जनताको सुरक्षा गर्दा गर्दै कोरोनाको शिकार भए

विकास सिह महता/कञ्चनपुर,
कोरोना रोकथाम एव नियन्त्रणको फ्रन्ट लाईनमा रहेर काम गर्दै आएका कञ्चनपुरका एक प्रहरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा कार्यरत प्रहरी हवल्दार नितेश कनौजियाको मृत्यु भएको हो । शनिबार कैलाली स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
दशरच चन्द नगरपालिका ४ बैतडीका ३६ बर्षिया प्रहरी हवल्दारलाई तीन दिन अघि मात्रै ज्वरो आएको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले ज्वँरोसंगै कोरोना पुष्टी भएको बताए । ‘दुई दिन मात्रै बिरामी भएर उपचारका लागि अस्पतलमा भर्ना गरेका थियौँ, ‘प्रवक्ता थापाले भने, ‘अक्सिजन लेबल कम भएको थियो, आज मृत्यु नै भयो, यो दुखत विषय हो ।’
मृतक नितेशका सहकर्मीहरुले जो जनताको सुरक्षा गर्दा गर्दै कोरोनोका शिकार भएको भन्दै श्रद्धान्जली अर्पण गरेका छन । दोस्रो लहरमा चलेको कोराना भाईरस सक्र्रमणका लागि जिल्लामा पहिलो मृतक उनी नै भएको कञ्चनपुर प्रहरीले जनाएको छ । एक महिनाको अवधिमा कञ्चनपुरका एक सय बढि मानिसले ज्यान गुमाएका छन । कोरोना रोकथामका लागि अक्सिजन सहित पूर्व तयारी नहुँदा नागरिक धमाधम ज्यान गुमाईरहेका छन । दैनिक ४जनाले ज्यान गुमाईरहेका छन ।

ताजा समाचार