टीकापुर, १जेठ
सरकारी अस्तालमा अक्सिजन अभाव भईरहेका बेला भूल एकता समाजले कैलालीको टीकापुरमा रहेको एक अस्पतालमा अक्सिजन दिएको छ । कोरोना महामारीका बेला सरकारले नागरिकको ज्यान जोगाउने काम भन्दा सत्ता टिकाउने, सपत खाने, बधाई लिनमै ठिक्क भएका बेला नागरिकको जिउ ज्यानको सुरक्षाका लागि भुल एकता समाजले टीकापुर अस्पतालमा २५थान अक्सिजन सिलिण्डर दिएको हो । भूल एकता समाजका पदाधिकारीले टीकापुर अस्पतालका चिकित्सक एव पदाधिकारीलाई अक्सिजन हस्तान्तरण गरेका छन । महामारीको संकट मोचनका लागि जनतालाई सक्दो सहयोग गरेको जनाएको छ ।
