Friday, September 30, 2022
गृहपृष्ठआर्थिकसमाजसेवी चाँदनीद्वारा महाकाली अस्पतालमा ५०हजार सहयोग

समाजसेवी चाँदनीद्वारा महाकाली अस्पतालमा ५०हजार सहयोग

विकास महता/कञ्चनपुर, 
अक्सिजन अभावका कारण नागरिकले धमाधम ज्यान गुमाईरहेका खबर बाहिर आएसंगै कञ्चनपुरको भीमदत्त नगरपालिका १८कटानकी एक समाजसेवि महिलाले महाकाली अस्पताललाई आर्थिक सहयोग गरेकी छिन ।
भीमदत्त नगरपालिका १८ कटानी निवासी हाल काठमाण्डौँमा बस्दै आएकी चाँदनी जोशीले महाकाली अस्पतालमा ५० हजार आर्थिक सहयोग गरेकी हुन । महेन्द्रनगरकी बाँसिन्दा जोशीले आफु काठमाण्डौँमा रहदा अक्सिजन अभावका कारण महाकाली अस्पतालमा उपचारार्थ नागरिकले धमाधम ज्यान गुमाईरहेका खबर सुनेपछि नागरिकको उपचारका लागि आर्थिक सहयोग गरेकी हुन । जोशीले आफ्ना छिमेकी समेत रहेका अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्र राज विष्ट मार्फत सहयोग रकम हस्तान्तरण गरेकी हुन । विद्यार्थी नेता विष्टले शनिबार महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई उक्त रकम हस्तान्तरण गरेका छन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एव क्रान्तिकारी कञ्चनपुरका विद्यार्थी नेता विष्टले महामारीका बेला आफ्नो गृहनगरका जनताको स्वास्थ्य सुरक्षाप्रति चिन्ता चासो व्यक्त गर्दै अस्पतालमा आर्थिक सहयोग गरेको भन्दै आभाव प्रकट गरेका छन ।

ताजा समाचार