Tuesday, September 27, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारलकडाउन उलङघन गर्ने प्रहरीको कार्बाहीमा महिला भन्दा ३०प्रतिशत बढि लकडाउन उलङकर्ता पुरुष

लकडाउन उलङघन गर्ने प्रहरीको कार्बाहीमा महिला भन्दा ३०प्रतिशत बढि लकडाउन उलङकर्ता पुरुष

विकास सिह महता/कञ्चनपुर,
बढ्दै गएको कोरोना महामारी रोकथाम एव नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले १६ बैशाखदेखि जिल्लाभरी लागु हुने गरि लकडाउन जारी गरेको छ । कोरोना महामारीको चैन तोड्नका लागि गरिएको लकडाउनमा मानिस र सवारी साधनबाट लकडाउन उलङघन र तोड्ने काम रोकिएको छैन ।
लकडाउनको पालना गर्ने, स्वास्थ्यका मापदण्ड अबलम्बन नगर्ने मानिस तथा सवारी साधनलाई प्रहरीले कार्बाही गरेको छ । दुई साताको अवधिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मानिस सहित झण्डै आठ हजार सवारी साधनलाई कार्बाही गरेको छ । बिना काम पैदल, साईकल वा सवारी साधन लगेर घुम्ने मानिस, सवारी साधनमाथि कार्बाही गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले निषेधाज्ञाको पालना नगर्ने मानिस तथा सवारी साधनमाथि कार्बाही चलाएको बताए । कोरोना महामारी संक्रमण फैलिन नदिन प्रशासनले जारी गरेको निषेधाज्ञा कार्यान्वयनका लागि प्रहरीले जिल्लाभरी सकृयता देखाउँदै अत्यावश्क कामकाज बाहेक बेफाल्तु घुमफिर गर्ने व्यक्ति, समुह एव सवारी साधनमाथि कार्बाही गरिएको प्रवक्ता थापाले बताए ।
प्रवक्ता थापाका अनुसार निषेधाज्ञाको अवधीमा ४ हजार ४ सय ३० मानिस सहित १ हजार ९ सय ६० ठुला सवारी साधन, ५ हजार ९ सय ९७साना सवारी साधन गरि ७ हजार ९ सय ५६ मानिस तथा सवारी साधनमाथि कार्बाही गरिएको छ ।
कोरोना महामारीका बेला प्रेमप्रेमि जोडी, मदिरा ओसार्नेदेखि विवाहमा तोकिए भन्दा बढि जन्तीमाथि कार्बाही गरिएको छ । प्रहरीले उनीहरुलाई जरिवानादेखि केही समय होल्ड गरेर सम्झाई बुझाई गरि छाडेको थियो ।
प्रहरीले लकडाउन उलङघन गर्नेमाथि कार्बाही मात्र होईन सचेतनामुलक सन्देश समेत दिएर छाडेको छ । कोरोना रोकथाम एव बाँच्ने उपाया र सर्तकताका लागि मास्क समेत वितरण गरेको छ ।
दुई साताको अवधिमा मात्रै ७ हजार ५ सय ७५ मानिसलाई सम्झाई बुझाई गरेर छाडेको छ । भने ७ हजार ७ सय ४८ जना मानिसलाई मास्क वितरण गरेको छ । भने २ सय ८१ माथि नगद जरिवाना गरेर छाडेको नगद जरिवाना बाफत १४ हजार २ सय राजस्व समेत अशुल गरेको छ ।
प्रहरीको तथ्याङ्क अनुसार लकडाउन उलङघन गर्नेमा महिला भन्दा बढि पुरुष देखिएका छन । महिलाको तुलनामा १ हजार ४१२ पुरुषले बढि लकडाउन उलङघन गरेको पाईएको छ । कञ्चनपुरमा ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिलाले लकडाउन पालना नगरेको पाईएको छ । ४ हजार ६ सय ४ पुरुष र ३ हजार १ सय ९२ महिलाले लकडाउन उलङघन गरेका छन । कोरोना महामारी रोकथाम एव नियन्त्रणका लागि लकडाउन पालना गर्दै आफु, घरपरिवार समाज बचाउन सहयोगी भूमिका निर्वाहका लागि प्रशासनले आग्रह गरेको छ । नागरिक समाजले लकडाउन कार्यान्वयन गर्न हात जोडेर घरमै बस्न आब्हान गरेको छ । कञ्चनपुरमा दोस्रो लहरमा देखिएको कोरोना कारण सय बढि मानिसको मृत्यु भईरहेको छ । दैनिक मानिसको मृत्यु हुँदा समेत केही मानिसमा अझै चेत खुलेको छैन । व्यवसायीले मुल्यबृद्धिदेखि लठ्यता समुहले उलङघन गर्दै आएका छन । यस्तामाथि थप कार्बाही चलाउन समेत माग गरिएको छ ।

ताजा समाचार