Sunday, September 25, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारवाणिज्य संघका उपाध्यक्ष पन्तद्वारा अक्सिजनका लागि आर्थिक सहयोग

वाणिज्य संघका उपाध्यक्ष पन्तद्वारा अक्सिजनका लागि आर्थिक सहयोग

डिल्लीराज पन्त/कञ्चनपुर,
कोरोना संक्रमण भएर उपचारका लागि अस्पताल पुग्ने, तर अस्पतालमा अक्सिजन नपाएर अकालमै नागरिकले धमाधम ज्यान गुमाउन थालेपछि निजी क्षेत्रबाट अस्पतालमा आर्थिक तथा भौतिक सहयोग दिईरहेका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एव बिमा ईम्पेक्सका संचालक मदन राज पन्तले महाकाली अस्पतालमा अक्सिजन प्लान्ट खरिदका लागि रकम सहयोग गरेको छ । वाणिज्य संघका उपाध्यक्ष पन्तले ५१ हजार ५सय रुपैया सहयोग गरेका छन । सहयोग रकम महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर), सदस्य किरण भट्टलाई हस्तान्तरण गर्दै सरकारले नागरिकका लागि अक्सिजन आपूर्तिको साटो सत्ताको खेलमा लागेकाले आफ्नो तर्फबाट नागरिकको ज्यान बचाउनका लागि आर्थिक सहयोग गरेको बताए ।

अक्सिजन नपाएर नागरिकले अकालमै मृत्युबरण गरेका खबर बाहिरन थालेपछि उपाध्यक्ष पन्लते आफ्नो तर्फबाट आर्थिक सहयोग गरेका हुन । महेन्दनगरका व्यवसायी पन्तले विपद्को सामना र अक्सिजन खरिदका लागि सहयोग, सदभाव देखाएको भन्दै महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले आभार प्रकट गर्दै सबै मिलेर विपद्को सामना गर्नुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार