Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरमा थप कडाइका साथ जेठ ७ गते सम्म लकडाउन

कञ्चनपुरमा थप कडाइका साथ जेठ ७ गते सम्म लकडाउन

कञ्चनपुर,
विश्वभर भयावह अवस्थामा रहेक नयाँ भेरिअन्ट सहितको कोभिड १९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि कञ्चनपुर जिल्लामा यही बैशाख १६ गतेदेखि २२ र २२ देखि ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाको समय पुनः थप गरी जेठ ७ गतेसम्म कायम गरिएको छ ।

कञ्चनपुर जिल्लामा कोभिड १९ को सङ्क्रमण भयावह अवस्थामा बढिरहेकाले निषेधाज्ञालाई विगतभन्दा थप कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले हस्ताक्षर अादेश पत्रमा स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल व्यवसाय साबिकको जस्तै र तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल व्यवसाय हरेक आइतबार र बुधबार बिहान ६ देखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ भने यी बाहेकका अन्य कुनै पनि पसल व्यवसाय सञ्चालन गर्न पाइने छैन । राजश्व दाखिला र सरकारी कारोबार बाहेक यसअघि सञ्चालन भइरहेका बैङ्क तथा वित्तीय संस्थाहरूको सबै सेवा बन्द गर्न आदेश दिइएको छ । यद्यपि अत्यावश्यक भुक्तानीका लागि भने एटिएम सेवा सञ्चालनमा रहने छन् ।

सञ्चारकर्मीहरूले पत्रकार महासंघको सिफारिसमा जिल्ला प्रशासनले जारी गरेका पास वा सूचना तथा प्रसारण विभागबाट जारी भएको पत्रकार परिचय पत्रको आधारमा मात्र आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ ।

मालसामान ढुवानीका साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । कुनै पनि सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायत

भिडभाड हुने ठाउँ सबै बन्द गरिएको छ भने अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा समेत हाललाई स्थगन गरिएको हुँदा अत्यावश्यक कामकाज बाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन ।

प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशको पूर्ण पालना गर्न गराउन हुन सबैलाई अनुरोध गरिएको छ । आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने बताइएको छ ।

 

ताजा समाचार