Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमहाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि जनज्योति बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि जनज्योति बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

विकास सिह महता/कञ्चनपुर,
कोरोना संक्रमण भएर उपचारका लागि अस्पताल पुग्ने, तर अस्पतालमा अक्सिजन नपाएर अकालमै नागरिकले धमाधम ज्यान गुमाउन थालेपछि कञ्चनपुरमा समाजिक शैक्षिक संघ संस्थाबाट समेत सहयोगी हात अघि बढिरहेका छन ।
कञ्चनपुरको जनज्योति बहुमुखी क्याम्पसले महाकाली अस्पतालमा अक्सिजन प्लान्ट खरिदका लागि रकम सहयोग गरेको छ ।
अक्सिजन नपाएर नागरिकले अकालमै मृत्युबरण गरेका खबर बाहिरन थालेपछि जनज्योति बहुमुखी क्याम्पसले महामारीका बेला क्याम्पसबाट सकिने आर्थिक सहयोग गरेको छ ।
बुधबार क्याम्पसले अस्पतालमै अक्सिजन प्लान्ट जडानका लागि एक लाख ५१हजार रुपैया सहयोग गरेको छ । जनज्योति क्याम्पसका सहायक क्याम्पस प्रमुख उमेश भण्डारीले क्याम्पस सहित, कार्यरत प्राध्यापक कर्मचारीबाट सकलन गरेर रकम दिएको बताए ।
क्याम्पस प्रमुख प्रकास जोशीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई चेक हस्तान्तरण गरिएका छन ।
सहायक क्याम्पस प्रमुख भण्डारीका अनुसार स्वम आफु सहित जनज्योतिका क्याम्पस प्रमुख जोशी, माविका प्रअ सुरेन्द्र राज जोशी, अस्पताल व्यवस्थापन समितिका सदस्य हरिराम चौधरी, निमित्त मेसु डा. हरि कुमार श्रेष्ठ सहितको सहभागिता रहेको थियो । जनज्योति क्याम्पसका क्याम्पस प्रमुख प्रकास जोशीले महाविपद्का बेला नागरिकको जिवन सुरक्षाका लागि क्याम्पसले अस्पतालसंग हातेमालो गरेको बताए । जनज्योति क्याम्पसले विपद्को सामना र अक्सिजन खरिदका लागि सहयोग, सदभाव देखाएको भन्दै महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले आभार प्रकट गर्दै सबै मिलेर विपद्को सामना गर्नुपर्नेमा जोडदिए ।

ताजा समाचार