Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारकञ्चनपुरमा कोडिभ परास्थका लागि मेरो एक हजार अभियान

कञ्चनपुरमा कोडिभ परास्थका लागि मेरो एक हजार अभियान

विकास सिह महता/कञ्चनपुर,
अक्सिजन नपाएर नागरिकले धमाधम ज्यान गुमाउन थालेपछि कञ्चनपुरका युवाहरुले ‘कोभिड परास्थका लागि मेरो एक हजार अभियान’ संचालन गरेका छन ।
एक हजार रुपैया संकलन गरेर अक्सिजन आपूर्तिका लागि भीमदत्त नगरपालिका महेन्द्रनगरका युवाहरुले ‘कोभिड परास्थका लागि मेरो अभियान संचालन गरेका हुन । करन पाल, खगेन्द्र जोशी, जनक चन्द, प्रेम खत्री, मिराज अन्सारी, गजेन्द्र चन्द लगायतका युवाहरुको समुहले महाकाली अस्पतालमा अक्सिजन आपूर्ति गरिरहेका छन । उनीहरुले सर्वसाधारणबाट रकम सं्रकलन गरेर अक्सिजन भर्दै दिईरहेका छन ।
अभियानकर्ता खगेन्द्र जोशीले महामारीका बेला जनताको ज्यान जोगाउनका लागि युवाहरु मिलेर अक्सिजन आपूर्ति गरिरहेको बताए । ‘यो महामारीको समय हो, नागरिक अक्सिजन नपाएर धमाधम मरिरहेका छन, ‘उनले भने, ‘हामी युवाले पनि संकटका बेला केही हातेमालो गर्न खोजेका छौँ ।’
उनका अनुसार हाल ५० शिलिण्डर अक्सिजन अस्पतालमा दिईएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले अक्सिन अभावै रहेको बताउदै उनले आपूर्तिका लागि यस्तै नागरिक स्तरबाट आपूर्ति भईरहेको बताए । ‘हामीलाई चाहिएको १ सय भन्दा बढि हो, ‘उनले भने, तर आधि मात्रै पाईरहेको छ ।, यसबाट झन समस्या भईरहेको छ ।’ कञ्चनपुरमा दैनिक मृत्युको संख्या बढिरहेको छ । तर, सरकारको पुर्व तयारी अभावका कारण दैनिक १५जनाले अक्सिजन नपाएर अकालमै ज्यान गुमाईरहेको छन । स्वाथ्य कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार मंगलबार कञ्चनपुरका १५जनाले ज्यान गुमाएका छन ।

ताजा समाचार