Sunday, September 25, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारलागु औषधका तस्कर सफाया गर्दै कञ्चनपुर प्रहरी

लागु औषधका तस्कर सफाया गर्दै कञ्चनपुर प्रहरी

विकास सिह महता/कञ्चनपुर,
कोरोना महामारीले मानिसलाई कसरी ज्यान जोगाउने चिन्ता बढिरहेको छ । तर, समाजका लागि कुनैपनि कोणपक्षबाट उच्च हानिकार लागु औषध तस्करी केही गिरोह आफ्नो ज्यानको दाउ लगाएर तस्करीमा उद्यतछन ।

महामारी रोकथामका लागि स्थानीय प्रशासनले गरेको लकडाउन प्रभावकारी रुपमा कार्यान्वयमा जुटेको कञ्चनपुर प्रहरीले महामारीका बेला महातस्कर समेत तह मात्रै होईन सफाया नै गरिरहेको छ ।

तस्करदेखि व्यवसायी तस्कर तह लगाउँदै आएको कञ्चनपुर प्रहरीले लागु औषधका तस्कर सफाया गर्दैछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लकडाउनका लागि भारतबाट अवैध तस्करी गर्ने ठूलो तस्कर गिरोहको योजना भत्काएर लागु औषधका तस्कर तह लगाईरहेको छ ।

नेपाल प्रहरीसंग केही महिना अघि भिड्न आएका भारतीय लागु औषधमा महातस्करलाई प्रहरीले ठाँउको ठाँउ राखेको थियो । अहिले लकडाउनका बेलामा पनि तस्करलाई सफाई गरिरहेको छ । एक साताको अवधिमा चार लागु औषधका तस्कर नियन्त्रणमा आएका छन ।

कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले दुई भारतीय तस्कर सहित दुई नेपाली लागु औषधका तस्कर नियन्त्रणमा लिएको बुझिन्छ । उनका अनुसार बेलडाँडी गाँउपालिका २ कालिकिच क्षेत्रबाट बा ४२ प ५४४६नम्बरको मोटरसाईकल सहित भीमदत्त नगरपालिका १०तिलकेनीका लक्ष्मण धामी र बझाङ्कका नरेन्द्र जाग्रीको साथबाट १२ग्राम २८०मिनिग्राम ब्राउन सुगर बरामद गरेर पक्राउ गरेको छ । लागु औषधका तस्कर जस्तै अन्य तस्करलाई समेत पक्राउ गरि कार्बाही गर्न स्थानीय नागरिकबाट सुझाव आएको छ । महामारीका बेलामा पनि प्रहरीको समाजिक कार्यप्रति नागरिक समाजले प्रसंसा गरेको छ ।

ताजा समाचार