Friday, September 30, 2022
गृहपृष्ठअन्यजोखिम व्यावस्थापनका लागि कञ्चनपुरका युवाहरू द्वारा सँगसँगै अभियान सञ्चालन

जोखिम व्यावस्थापनका लागि कञ्चनपुरका युवाहरू द्वारा सँगसँगै अभियान सञ्चालन

कञ्चनपुर,
कोरोना भाइरस महामारीको जोखिम व्यवस्थापनका निम्ति कञ्चनपुरका युवाले सँगसँगै अभियान सुरु गरेका छन् ।

महामारीको समयमा जोखिम व्यवस्थापन का निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरिएको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताइन् ।

उनले भनिन् “पालिका स्तरमै कोभिड सङ्क्रमितको उचित उपचार हुने व्यवस्था मिलाउने अभियान थालेका हौँ,।” ‘जिल्ला स्तरका अस्पतालमा मात्र भर पर्नु भन्दा पालिका स्तरकै स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्था, मेडिकल सामग्री, स्वास्थ्यकर्मी, एम्बुलेन्स सेवाहरूको व्यवस्थापनका निमित्त यो अभियान सुरु गरेका हौँ ।’

अक्सिजनको जोहो गर्ने, स्वास्थ्य सामग्री उपलब्ध गराउने, प्लाज्मा दाताहरूको खोजी तथा प्लाज्माको आवश्यकता परेका व्यक्तिहरूलाई उपलब्ध गराउन समन्वय गर्ने, राहत सामग्रीदाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने, कोभिड सङ्क्रमित व्यक्तिका लागि आवश्यक सहयोग गर्ने लगायत उद्देश्य राखी यो अभियान सञ्चालन गरिएको संयोजक श्रेष्ठले जानकारी गराइन् ।

यसका लागी स्थानीय सरकार, स्वास्थ्य निकाय, सरोकारवाला निकायहरूलाई पनि यस तर्फ लाग्न उनले आग्रह गरिन् । पहिलो चरणमा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट सुरु गरिएको अभियान पुर्नवास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका सम्म लैजाने योजना रहेको जनाईएको छ ।

 

ताजा समाचार