Sunday, September 25, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारओली र नेपाल समूहबीचको वार्ता सकियो, राजीनामाबारे के भयो निर्णय

ओली र नेपाल समूहबीचको वार्ता सकियो, राजीनामाबारे के भयो निर्णय

काठमाण्डु,
नेकपा एमालेका उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल समूहका सांसदहरुले राजीनामा नदिने बताएका छन् ।

आइतबार सिंहदरबारमा नेपाल समूहसँगको वार्तापछि बाहिरिनेक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पौडेलले नेपाल समूहका सांसदले राजीनामा दिने विषय आफूले नपत्याउने बताएका हुन् ।

उनले माधव नेपाल समूहले विनाशको बाटो कसैले पनि नरोज्ने बताए । भेटावार्ता सकारात्मक रहेको भन्दै तत्काल राजीनामा नदिने र पुनः वार्तामा बस्ने गरी छलफल टुंगिएको मन्त्री पौडेलले बताए ।

‘मलाई विश्वास लाग्दैन, म त्यो कुरा पत्याउँदिन त्यो विनाशको बाटो कस्ले ट्राई गर्छ ?,’उनले प्रश्न गरे ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाल समूहसँग छलफल गर्न मन्त्री पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएका थिए । उनले नेपाल समूहका सांसदहरुको राजीनामा रोक्नका लागि उनीहरुलाई खटाएका हुन् ।

ताजा समाचार