Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीराजीनामा दिनुअघि खनाल-नेपाल पक्षका सांसदहरु सिंहदरबारमा

राजीनामा दिनुअघि खनाल-नेपाल पक्षका सांसदहरु सिंहदरबारमा

काठमाडौं,
सामूहिक राजीनामा दिने तयारीमा रहेका नेकपा एमाले (खनाल-नेपाल) पक्षका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । त्यस्तै बरिष्ठ नेता माधवकुमार नेपाल पनि भर्खरै सिंहदरबार पुगेका छन् । राजीनामा अघि सिंहदरबारमा आउन शीर्ष नेताले भनेकाले आफुहरु सिंहदरबारमा आएको सांसद मेटमणी चौधरीले जानकारी दिए ।

‘हामी सांसदहरु पनि छौ भर्खरै बरिष्ठ नेता माधवकुमार नेपाल पनि आइसक्नु भएको छ । राजीनामाबारे अब छलफल हुन्छ’, चौधरीले बताए ।  यसअघि उक्त पक्षका नेताहरुबीच राजीनामाबारे भर्चुअल छलफल भएको थियो ।

ताजा समाचार