Sunday, September 25, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारजिल्लामै अक्सिजन प्लान्ट जडान लागि भीमदत्त नगरपालिकाद्वारा सहजिकरण समिति

जिल्लामै अक्सिजन प्लान्ट जडान लागि भीमदत्त नगरपालिकाद्वारा सहजिकरण समिति

कृष्ण नेपाली/कञ्चनपुर,
दोस्रो चरणमा देखिएका भयानक कोराना भाईरसका कारण दैनिक कञ्चनपुरमा दुई सय बढि संक्रमित र ३देखि ७जनाको मृत्यु भईरहेको छ । अक्सिजन अभावका कारण बिरामी मृत्युको सैयामा पुगिरहेको सन्दर्भमा भीमदत्त नगरपालिकाले कञ्चनपुरमा अक्सिजन प्लान्ट जडानका लागि सहजिकरण समिति गठन गरेको छ ।
आइतबार भीमदत्त नगरपालिका कोडिभ १९निर्देशक तथा समन्वय समितिको बैठकले महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान तथा आर्थिक संलकन समिति गठन गरेको छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले जिल्लामा चरम अक्सिजन अभाव भएका कारण अस्पतालमा प्लान्ट नै जडानका लागि समिति गठन गरिएको बताए । मेयर विष्टले समितिलाई यथाशिघ्र आर्थिक सहयोग संकलन एव अक्सिजन आपूर्तिका लागि युद्धस्तरमा खटिन आग्रह गरेका छन । यस अघि पहिलो चरणमा कोरोना संक्रलमण देखिएका बेला भीमदत्त नगरपालिकाले पिसिआर मेसिन खरिद गरेको थियो ।
आर्थिक सहयोग समितिमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्ल सहित समाजसेविक लिलाध्वज बस्नेत सहिका १५सदस्यीय समिति गठन गरिएको हो । वाणिज्य संघकै बरिष्ठ उपाध्यक्ष पिलाम्बर जोशी, समाजसेवि लिलाध्वज बस्नेत, कृष्ण प्रशाद पाठक, लक्ष्मी पाण्डेय, तेज ब. चन्द, दिनेश मल्ल, शुशिल श्रेष्ठ, अशोक पाण्डेय, दिपेन्द्र साउद, उमेश सुनुवार, गोकुल बोहरा, चेतराज जोशी, लक्ष्मण तिवारी, शेर बहादुर सिह रहेका छन । उक्त समितिका सदस्य एव पत्रकार लक्ष्मण तिवारीले महामारीका बेला सबै निकाय गम्भिर भएर मानविय जिवन रक्षाका लागि लाग्ने बताए । ‘हामी खाली सिलिण्डर संकलन गरेर भर्दै अस्पतालमा बुझाईरहेका छौँ, ‘उनले भने, ‘संगै आर्थिक सहयोगका लागि समेत काम गछौँ, यसमा हामीलाई विश्वास छ, सबै निकाय गम्भिर र जिम्मेबार हुनेछन ।’ महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले भीमदत्त नगरपालिकाले कोरोना महामारी जित्नका लागि ल्याएको योजनाबाट धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हट्ने बताए । ‘भीमदत्त नगरपालिकाले उतिबेला पिसिआर मेसिन ल्याउँदा के चाहियो भन्थे आज त्यसको महत्व थाहा हुँदैछ, ‘अध्यक्ष जोशीले भने, ‘अक्सिजन प्लान्ट पनि अहिले र भोलिको पनि हो ।’ अक्सिजन अभावका कारण कञ्चनपुरमा नागरिकले धमाधम ज्यान गुमाईरहेका बेला प्लान्ट नै जडान भएपछि नागरिकले दिनदाहडै ज्यान गुमाउनुपर्ने बाध्यता हट्नेछ । नगरका अगुवा एव समाजसेवि बुद्धिजिवीले समेत भीमदत्त नगरपालिका नेतृत्वको दुरदृष्ट्रिको उच्च सम्मान गर्दै नगरपालिकाले जनताको स्वास्थ्यका लागि अघि सारेको विषयमा साथ समर्थन सहयोगका लागि आब्हान गरेका छन ।

ताजा समाचार