कृष्ण नेपाली
नेकपा एमाले ओली पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूले लकडाउनमा फसेका विद्यार्थीको उद्दार गरेको छ । अनेरास्ववियू केन्दीय सदस्य कमल रोकाया, अनेरास्ववियूका नेता रविन नाथ सरोज भण्डारीको विशेष पहलमा लकडाउनका बेला कञ्ञ्चनपुरमा डेरागरि बसेका विद्यार्थीको उद्दार गरिएको छ ।
अनेरास्ववियू कञ्चनपुरका विद्यार्थी नेता रविन नाथले लकडाउनका कारण डेरामा बसेका विद्यार्थीको उद्दार गरिएको बताए । उनका अनुसार शुक्रबार महेन्द्रनगरदेखि बैतडी एक बस पठाईएको छ । विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययनरत विद्यार्थीको उद्दार गरि घर पठाईएको छ । स्थानीय प्रशासन, प्रहरी एव यातायात व्यवसायीसंग समन्वय गरेर लकडाउनमा फसेका विद्यार्थीलाई घरसम्म पुग्ने प्रबन्ध मिलाईएको छ ।
अनेरास्ववियूका नेता रविन नाथले आफुहरुको मारमा परेका विद्यार्थीको उद्दार गर्ने काम नै भएकाले सहयोग गरेको बताए । आगामी दिनमा समेत सहयोग गर्ने उनको भनाई छ ।
