Sunday, September 25, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारबेलौरीकी एक बुद्धले जितिन कोरोना कोरोना रोक्न नगरपालिकामा स्वास्थ्यकर्मी र स्वयसेविका परिचालन

बेलौरीकी एक बुद्धले जितिन कोरोना कोरोना रोक्न नगरपालिकामा स्वास्थ्यकर्मी र स्वयसेविका परिचालन

चन्द्रीका चौधरी
कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोना रोकथाम एव नियन्त्रणका लागि स्वास्थ्यकर्मी र स्वयसेविका परिचालन गरेको छ ।
बेलौरी नगरपालिका कोरोना नियन्त्रण संयोजक मान बहादुर चन्दले पालिकाका १० वटै वडामा रहेका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको बताए । उनका अनुसार महामारी परास्थ पार्नका लागि अन्य कामकाज बाहेक स्वाथ्यकर्मी र स्वयसेविकालाई परिचालन गरिएको छ ।
हरेक साता आइतबार, मंगलबार र बिहीबार स्वाब संकलन गर्ने भएको छ । १सय २५को स्वाब संकलनमा १८पोजेटिभ र बाँकी ८५जनाको आउन बाकी छ । यस्तै बेलौरी नगरपालिकामा एक ५७ बर्षिया महिलाले कोरोना जितेकी छिन ।
बेलौरी नगरपालिका वडा नम्बर ३ का ५७ बर्षिय महिला ७ दिन कोभिड हस्पिटल कुण्डामा उपचार गरि पि सि आर नेगेटिभ आएर डिस्चार्ज गरिएको छ । उनलाई कोभिड हस्पिटलमा स्वास्थ्यकर्मी नियमित अक्सिजन रअौषधी दिईरहेका थिए ।
कोरोना निको भई सकेपनि एक पटक अन्य फोक्सो सम्बन्धि रोगहरुको चेकजाँच गराउन सल्लाह दिएको कोभिड हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट प्रकाश थापाले बताए ।
भन्नू भयो ।निजको उपचारमा संलग्न स्टाफ नर्स ममता बिष्ट र संगीता श्रेष्ठ आफुहरुले गरेको स्वास्थ्य उपचारबाट आमालाई सन्चो लागेकाले आफु खुसी भएको जनाए ।अहिले द्द जना महिला र घ जना पुरूष उपचारमा रहेका छन् ।
बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले हस्ताक्षर गरेको विज्ञप्तीमा कुण्डामा ५०बेडको कोरोना अस्पताल संचालन गरेको, जनशक्ति स्वास्थ्य समाग्री प्रबन्ध गरिएके छ । थप अक्सिजन खरिदका लागि पहल भईरहेको जनाईएको छ ।

ताजा समाचार