Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीसामुदायिक वनको काठ दाउरामाथि प्रतिबन्ध फुकुवा गरेको सरकारको निर्णयप्रति कञ्चनपुरका सामुदायिक वनद्वारा...

सामुदायिक वनको काठ दाउरामाथि प्रतिबन्ध फुकुवा गरेको सरकारको निर्णयप्रति कञ्चनपुरका सामुदायिक वनद्वारा स्वागत

विकास सिह महता
सामुदायिक वनको काठ दाउरा संकलनमाथि सरकारले प्रतिबन्ध गरेको थियो । सामुदायिक वनमाथि काठ दाउरा संलकलन प्रतिबन्ध फुकुवा गरेको भन्दै कञ्चनपुरका सामुदायिक वनले स्वागत गरेका छन ।
लामो समयदेखि सामुदायिक वनमा काठ दाउरा संकलन प्रतिबन्ध गरेसंगै उपभोक्ताले काठ पाएका थिएनन् । मन्त्रिपरिष्द बैठकले सामुदायिक वनको काठ दाउरा संकलनमा फुकुवा गरेसंगै कञ्चनपुरका सामुदायिक वनले स्वागत तथा सरकारप्रति आभार प्रकट गरेका छन । जिल्लाको एक सामुदायिक वनले त लिखितै रुपमा सरकारको निर्णयको स्वागत गरेको छ । शुक्लाफाँटा नगरपालिका ८मा रहेको बैजनाथ सामुदायिक वनले सरकारको निर्णयको स्वागत गर्दै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २का संसद नर बहादुर धामी, वनमन्त्री प्रेम आले, प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं। ८ मा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहले स्वागत गरेको छ। वनका अध्यक्ष बहादुर सिँह महराले एक विज्ञप्ती जारी गर्दै उक्त निर्णणको स्वागत तथा बधाई ज्ञापन गरेका छन्।
नेपाली जनताको दैनिक जीवनयापनसँग अभिन्न रुपले जोडिएको वन क्षेत्रमा गरिने क्रियाकलापहरु वन संरक्षण, सम्बद्र्धन, विकास र सुदपयोग अन्तर्गतको महत्वपूर्ण पक्ष काठ दाउरा संकलन सम्बन्धि वन क्षेत्रमा आश्रित लाखौँ उपभोक्ताहरुको जायद मागलाई सम्बोधन गरी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वन तथा वातावरण मन्त्रालयको तर्फबाट जिम्मेवार अभिभावको अभिभारा पूरा गरी नेपाल भरको वन क्षेत्रमा काठ, दाउरा संकलन माथि लगाईएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएकोमा प्रधानमन्त्री, वनमन्त्री प्रेम आले र कञ्चनपुर निर्वाचन क्षेत्र नं। २ को प्रतिनिधि सभा सदस्य नरबहादुर धामी लगायत प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पु¥याउने सरोकारलाई निकायहरुमा बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको तर्फबाट बधाई ज्ञापन गरेको छ। अब उपभोक्ताले सहजै काठ दायरा पाउने भएका छन । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय विक्रम मानन्धरले सरकारले सामुदायिक वनमाथि दाउरा बिक्रि वितरणको प्रतिबन्ध फुकुवा गरेको बताए ।

ताजा समाचार