Tuesday, September 27, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारएकै दिन कञ्चनपुरका ८ नागरिकले ज्यान गुमाए सरकारद्वारा कोरोना नियन्त्रणको पूर्व तयारी...

एकै दिन कञ्चनपुरका ८ नागरिकले ज्यान गुमाए सरकारद्वारा कोरोना नियन्त्रणको पूर्व तयारी न्यून, त्यसमै जनताको लार्पबाहीले स्थित नियन्त्रण बाहिर

विकास सिह महता/कञ्चनपुर,
बढ्दै गएको कोरोना महामारीका कारण कञ्चनपुरका ८ नागरिकले एकै दिन ज्यान गुमाएका छन । स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३ महिला सहित ५ पुरुषले ज्यान गुमाएका छन ।
स्वास्थ्य कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको विवरण अनुसार भीमदत्त नगरपालिका ३ का ७४ बर्षिया पुरुष, ८ का ६५ बर्षिया महिला, ५ का ४५ बर्षिया महिला, ६ का ३५ बर्षिया महिला र ४का ७२ बर्षिया पुरुष रहेका छन । दोधाराचाँदनी नगरपालिका १चाँदनीका ३१ बर्षिया पुरुष, शुक्लाफाँटा नगरपालिका ११ का ३६ बर्षिया पुरुषले ज्यान गुमाएका छन । यो संगै कञ्चनपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० नाघेको छ । स्वदेश तथा विदेशी भूमिमा गरेर ६०भन्दा बढि नागरिकले दोस्रो चरणमा ज्यान गुमाएका छन । नागरिकले धमाधम ज्यान गुमाईरहेका बेला स्थानीय प्रशासनले कोरोना रोकथामका लागि गरेको लकडाउनको नागरिकबाटै उलङघन भईरहेको छ । नागरिबाट भौतिक दुरी र स्वास्थ्यका मापदण्ड पुरा नहुँदा कोरोना संक्रमण बढिरहेको र सरकार तयारी अभावका कारण नागरिकले ज्यान गुमाईरहेका छन ।
एकै दिन बिहीबार १ सय ७३ जनाका कोरोना देखिएको छ । महाकाली अस्पतालका बेड भरिभराउ भएपछि बिरामीले बेड नपाउने अवस्था सृजना भएको छ । महाकाली अस्पतालमा ५० बेडको आईसोलेशनमा हाल ६५ जना संक्रमित रहेका छन । ६ बेड आईसियू र १५ बेड एचडियूमा संक्रमित बिरामी भरिभराउ छन ।
महेन्द्रनगरको आईसिच आईसोलेशनमा ४०, कोरोना अस्पताल पूर्नवासमा ५ र बेलौरी कोरोना अस्पतालमा ७ जना संक्रमित र बाँकी होम क्वारेन्टाईटनमा छन । ४६ जना कञ्चनपुरका स्थानीयले कोरोना जितेर घर फर्किएका छन ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले हालका दिनमा अक्सिजन अभाव नभएपनि जनशक्ति र बेड अभावका कारण उपचारमा समस्या भईरहेको बताए । उनका अनुसार दोस्रो चरणमा चिकित्सक सहित अस्पतालका २५ जना कर्मचारीमा कोरोना देखिएकाले समेत समस्या भईरहेको छ ।
दोस्रो लहरको कोरोना भाईरसका कारण भटाभट कञ्चनपुरका नागरिकको ज्यान जानेक्रम रोमिएको छैन ।
स्थानीय प्रशासनले कोरोनाको चैन तोड्नका लागि बैशाख मसान्तसम्मका लागि गरेको लकडाउनको पूर्ण पालना गर्दै जनताको ज्यानको सुरक्षामा ध्यान दिन निनम्र अनुरोध गर्दै आएका छन । लकडाउन आफ्नै लागि भएको भन्दै प्रशासनले अत्यावश्यक कामकाज बाहेक घरमै बस्न नागरिकमा अपिल परेको छ । सबै जनताको साथ सर्मथनले मात्रै कोरोना जित्न सकिने कञ्चनपुरका स्थानीय सरकारको भनाई छ । जिल्लाका ९वटै स्थानीय तह, बेलडाँडी, बेलौरी, पूनर्वास,लालझाडी,कृष्णपुर, शुक्लाफाँटा,बेदकोट,भीमदत्त र दोधाराचाँदनीले नागरिकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै घरमै बसेर कृषिमा जुट्न आब्हान गरेका छन । अस्पतालमा अक्सिजन अभाव भएको खबर बाहिरसंगै निजी तथा सरकारी स्तरबाट अक्सिजनका लागि नगद तथा भौतिक सहयोग भईरहेको छ ।

ताजा समाचार