Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकोरोना नियन्त्रणका लागि बेलडाँडीमा सर्वपक्षीय छलफल

कोरोना नियन्त्रणका लागि बेलडाँडीमा सर्वपक्षीय छलफल

बेलडाँडी,
भाइरसले विकराल रूपलिन थालेपछि यसलाई नियन्त्रणमा लिनका लागि बेलडाँडीमा सर्वपक्षीय छलफल गरिएको छ ।

बेलडाँडी खुल्ला सिमा नाका भएकाले यश क्षेत्रमा संक्रमण फैलन सक्ने भन्दै यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।

छलफल कार्यक्रममा नेपाली कांग्रेसका गाउँ सभापति हर्क देब जोशीले भने स्वास्थ्य केन्द्रमा दरबन्दी पुर्ति तथा स्वास्थ्य सामग्री व्यवस्था गर्नु पर्नेमा जोड दिए । उहाका अनुसार नेपाली कांग्रेसका तर्फबाट कोभिड न्युनिकरण गापा संग हातेमालो संगै सहयोग गर्ने बताए ।

यस्तै वडा नं.४ का अध्यक्ष वीर बहादुर खडकाले भने कोरोना नियन्त्रणका लागि अाफुले अाफ्नो वडामा सहजिकरण समिति १ हप्ता अगाडि बनाएर नियन्त्रणमा लागेको बताउदै अार्थिक मामिलामा कुनै पनि हिनामिना नहुनदिनका लागि समिति बनाएर पार्दशिताका साथ अगाडि बढ्नु पर्ने बताए ।

जनमोर्चा नेपालका युवा नेता हरी शर्माले भने सबैले गम्भीर भएर बेलडाँडी बासीहरूको ज्युको रक्षाको लागि लाग्नु पर्नेमा जोड दिए । अाफुहरूले अाफ्नो वडामा रोकथामका कार्यक्रम गरिरहेको बताए । स्टेण्ड बाइ भएर पालिका भित्रका श्रोत साधन राख्नु पर्ने बताए । कोभिड अस्थायी अस्पताल बनाउन अाफुहरूले सक्ने सहयोग तथा सुझाव दिने बताए ।

वडा १ का अध्यक्ष अम्मर बहादु खत्रीले भने जिल्ला प्रशासन कार्यालयले गरेको अादेशलाई तु पालना गर्न सबै प्रतिवद्द भएर लाग्नु पर्ने बताए ।
२ नं. का अध्यक्ष प्रेमराज खातीले भने गत बर्ष कोरोना नियन्त्रणका लागि गत बर्ष भएको खर्च समेत निकासा नभएका कारण काम गर्न असहज भएको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष कमला देबी कार्कीका अनुसार कोभिड बाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम देखि लिएर सबै कार्यक्रम गर्नका लागि गाउँपालिका प्रतिवद्द रहेको बताए । बेलडाँडी ३ का वडा सदस्य पुष्पकमल पण्डितले भने बिपद मुखमै पुगेकाले पुर्व तयारीमा जोडदिनु पर्नेमा कोही नचुक्नु पर्ने बताए ।

बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिन्द्र कठायतले भने अाफु संग प्रयाप्त जनशक्ति नभएका कारण समस्या देखा पर्न थालेकाले स्थानीय बासीहरूले समेत शान्ती सुरक्षामा सहयोग गर्नुपर्ने अपेक्षा गर्नु भयो ।

झिलमिला बिअोपीका सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीले जनचेतना फैलाउनमा जोड दिनुपर्ने बताए । यश क्षेत्रका नागरिकहरू यश खुल्ला नाकाबाट अाउने प्रयास गरिरहेकाले अाफन्तले बैधानिक नाकाबाट अाउन प्रेरित गर्नु पर्ने जनाए ।
समाजसेवी भीम बहादुर थापाले अक्सिजन सिलिन्डर किन्नु पर्नेमा जोड दिए ।
गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले भने सर्वपक्ष सल्लाह अनुसार अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा सर्वदलीय,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागी रहेका थिए । बैठक अहिले जारीनै रहेको छ ।

ताजा समाचार