Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीभीमदत्त नगरपालिकाद्वारा महाकाली अस्पताललाई कोरोना रोकथाम गर्न स्वास्थ्य समाग्री खरिदका लागि २०लाख...

भीमदत्त नगरपालिकाद्वारा महाकाली अस्पताललाई कोरोना रोकथाम गर्न स्वास्थ्य समाग्री खरिदका लागि २०लाख सहयोग

कृष्ण नेपाली/कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई कोरोना रोकथामका लागि आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिकाले महाकाली अस्पतालमा स्वास्थ्य समाग्री खरिदका लागि २०लाख रुपैया सहयोग गरेको हो ।
बिहीबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्ट, उपप्रमुख शुशिला चन्द(सिह)ले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई चेक हस्तान्तरण गरेका छन ।
चेक ग्रहण गर्दै महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले भीमदत्त नगरपालिकाबाट महाकाली अस्पतालमा स्वास्थ्य समाग्री खरिद एव सहयोगले कोरोना रोकथाममा ठूलो मदत पुगेको बताएका छन ।
चेक हस्तान्तरण गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले महामारीसंग सामना गर्न एव कोरोना जित्नका लागि नगरपालिकाले हरकदम प्रयास गर्ने बताए । मेयर विष्टले एक्लो प्रयासबाट कोरोना रोकथाम गर्न नसकिने भन्दै सामुहिक प्रयासको खाचो रहेको औल्याए । मेयर विष्टले अझैपनि भीमदत्त नगरपालिकाले कोरोना रोकथामका लागि महाकाली अस्पतालमा सहयोग गर्दै जाने प्रतिबद्धता जाहेर गरेका छन । भीमदत्त नगरका मेयर विष्टले कोरोना रोकथामका लागि सबैको आ–आफ्नो क्षेत्रबाट अतुलनिय भूमिका हुने भएकाले संयमित भएर लकडाउन पालना गर्न अनुरोध गरेका छन ।
यस अघि गत बर्ष भीमदत्त नगरपालिकाले महाकाली अस्पतालमा पिसिआर मेसिन खरिद गरेर दिएको थियो । सीमा क्षेत्रमा रहेको भीमदत्त नगरपालिकाले कोरोना रोकथाम एव नियन्त्रणका लागि गत बर्षदेखि सीमा क्षेत्रमा हेल्थडेस्कका साथै पिसिआर परीक्षणको दायरा बढाईरहेको थियो । यस बर्षपनि भीमदत्त नगरपालिकाले कोरोना रोकथाम एव नियन्त्रणका लागि विभिन्न क्षेत्रसंग समन्वय गरेर अघि बढिरहेको छ ।

ताजा समाचार