Friday, September 30, 2022
गृहपृष्ठआर्थिककोरोनाका कारण कञ्ञ्चनपुरमा ज्यान जाने क्रम रोकिएन सेतीमा उपचारार्थ झलारीका एक युवकको...

कोरोनाका कारण कञ्ञ्चनपुरमा ज्यान जाने क्रम रोकिएन सेतीमा उपचारार्थ झलारीका एक युवकको मृत्यु

कञ्चनपुर,
दोस्रो लहरको कोरोना भाईरसका कारण भटाभट कञ्चनपुरका नागरिकको ज्यान जानेक्र रोमिएको छैन । बुधबार महाकाली अस्पतालमा उपचारार्थ कुनैपनि नागरिकको ज्यान गएको छैन, तर सेती प्रादेशिक अस्पतालमा उपचारार्थ कञ्चनपुर झलारीका एक युवकको मुत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको बुधबारको रिर्पोट अनुसार शुक्लाफाँटा नगरपालिका १०झलारीका ३६बर्षिया युवकको मृत्यु भएको छ । उनीसंगै सेतीमा उपचारार्थ ६ जनाको मुल्यु भएको जनाईएको छ । कोरोना रोकथामका लागि पूर्व तयारी नहुँदा अक्सिजन, आईसियू बेड नपाएका कारण गत साता दैनिक कञ्चनपुरका नागरिकले ज्यान गुमाउने संख्या बढि थियो । महाकाली अस्पतालले बुधबार सार्वजनिक गरेको रिर्पोट अनुसार हालसम्म ६सय २२जना निको भएर घर गएका छन । स्थानीय प्रशासनले कोरोनाको चैन तोड्नका लागि बैशाख मसान्तसम्मका लागि गरेको लकडाउनको पूर्ण पालना गर्दै जनताको ज्यानको सुरक्षामा ध्यान दिन निनम्र अनुरोध गर्दै आएका छन । लकडाउन आफ्नै लागि भएको भन्दै प्रशासनले अत्यावश्यक कामकाज बाहेक घरमै बस्न नागरिकमा अपिल परेको छ । सबै जनताको साथ सर्मथनले मात्रै कोरोना जित्न सकिने कञ्चनपुरका स्थानीय सरकारको भनाई छ । जिल्लाका ९वटै स्थानीय तह, बेलडाँडी, बेलौरी, पूनर्वास,लालझाडी,कृष्णपुर, शुक्लाफाँटा,बेदकोट,भीमदत्त र दोधाराचाँदनीले नागरिकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै घरमै बसेर कृषिमा जुट्न आब्हान गरेका छन ।

ताजा समाचार