Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारमहाकाली अस्पताललाई ५१ हजार १११ रुपैया सहयोग

महाकाली अस्पताललाई ५१ हजार १११ रुपैया सहयोग

विकास सिह महता/कञ्चनपुर,
अक्सिजन नपाएर धमाधम नागरिकको ज्यान गईरहेको खबर बाहिर आएपछि कञ्चनपुरको निङलाशैनी बहुउदेशीय सहकारीले महाकाली अस्पताललाई नगद सहयोग गरेको छ । अक्सिजन खरिदका लागि भन्दै निङलाशैनी सहकारीले बुधबार नगद ५१ हजार एक सय ११रुपैया सहयोग गरेको हो ।
सहकारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रेमसिह भाटले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई चेक हस्तान्तरण गरेका छन । चेक हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत भाटले महामारीका बेला सहकारीबाट सक्दो सहयोग गरेको बताएका छन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निजी क्षेत्रबाट सहयोग आईरहेको बताए । आएको सहयोगबाट स्वास्थ्य समाग्री खरिदका लागि मदत पुग्ने र महामारीका बेला सहयोगी हात बढिरहेका छन । महाकाली अस्पतालमा आईसियू, एनआईसियू बेड भरिभराउ र अक्सिजन अभावका कारण नागरिकले धमाधम ज्यान गुमाईरहेका थिए । गत बर्ष पनि निङलाशैनी सहकारीले कोरोना रोकथाम एव नियन्त्रणका साथै राहतका लागि सहयोग गरेको थियो ।

ताजा समाचार