Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारलकडाउनमा स्वास्थ्यकर्मी मारमा ः गैर स्वास्थ्यकर्मी भन्दै महेन्द्रनगरका स्वास्थ्यकर्मीलाई प्रहरीले घण्टौँ रोक्न...

लकडाउनमा स्वास्थ्यकर्मी मारमा ः गैर स्वास्थ्यकर्मी भन्दै महेन्द्रनगरका स्वास्थ्यकर्मीलाई प्रहरीले घण्टौँ रोक्न थाले

कञ्चनपुर,
कोरोना महामारी रोकथामका लागि स्थानीय प्रशासनले कञ्चनपुरमा लकडाउन गरेको छ । कामै नपाएका लठ्यौता समुहले प्रहरी छलेर लकडाउन उलङघन गरिरहेका छन । तर २४सै घण्टा सेवा दिने स्वास्थ्यकर्मी लकडाउनको चपेटामा परिरहेका छन ।

सरकारले अत्यावश्यक कामकाज बाहेक अरुलाई बाहिर नआउने निर्देशन जारी गरेको सन्दर्भमा बिरामीको उपचारका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मी नै प्रहरीको फन्दाममा परिरहेका छन । किनकी उनीहरु चोरीछली जाँदैनन, होम टु वर्क प्लेस जाने स्वास्थ्यकर्मीमाथि प्रहरीले दुव्र्यवहार गनृ थालेको छन ।

सरकारी स्वास्थ्यकर्मी भन्दा कञ्चनपुरका निजी स्वास्थ्यकर्मी मारमा परेका छन । उनीहरु औषधी पसल तथा मेडिकलमा आउन जान समस्या भईरहेको छ । न प्रशासनले पास दिएको छ । न आफुले काम गर्ने अस्पतालको परिचय पत्रले काम गरेको छ ।
बुधबार बिहानै प्रहरीको चपेटामा महेन्द्रनगरका एक निजी औषधी पसलका दाम्पती स्वास्थ्यकर्मी चपेटामा परेका छन ।

लकडाउन उलङघन गरेको भन्दै अन्यलाई रोके जस्तै त्यसमा स्वाथ्यकर्मी दाम्पतीलाई रोकेपछि उनीहरु मारमा परेका हुन । साथै उनीहरुलाई विचबाटैमा लामो समय रोकेकपछि बिरामी समेत मर्कामा परेका थिए ।
महेन्द्रनगरका दिपेन्द्र फार्मेसीका संचालक दिपेन्द्र महरा दाम्पती हल्दुखाल घरबाट औषधी पसल खोल्न आउने क्रममा राजमार्ग स्थित शिव मन्दिर क्षेत्रमा रोकेर उनीहरुलाई प्रहरीले अनावश्यक झपारेको छ । उनीहरु दुवै जनताकै स्वास्थ्यका लागि घरबाट जोखिम मोलेर आएका थिए तर, प्रहरीले स्वास्थ्यर्मी भन्दै फोकटको घुमिरहेका छौँ, भन्दै आधा घण्टा चापी थुनेर राखेको उनले बताए ।

‘म र मेरो मेडम दुवै जना घरबाट औषधी पसल खोल्न आईरहका थिए, ‘दिपेन्द्र महराले भने, ‘प्रहरीलाई परिचय पत्र देखाउँदा देखाउँदै रोकेर थर्कायो ।’ हामीलाई बिरामीको उपचारका लागि फुर्सद छैन, घुम्ने कुरा हुन्छ र ? म मेरै निजी मेडिकल हेर्छु, मेडम यूनाईटेड डाईनोष्टीक ल्याबमा काम गर्छिन, ‘उनले भने, ‘हामीलाई बिरामीले पर्खिरहेको थिए, एकातिर बिरामीको उपचारको चिन्ता अर्कातिरत लकडाउन उलङघन गरेको भन्दै प्रहरीले समाजिक रुपमा बेईजती ग¥यो ।’ औषधी पसल बन्द गरेर र काम छाडे यत्रो महामारीका गायब हुनु सच्चा स्वास्थ्यकर्मीको कर्तव्य नहुने भन्दै उनले लकडाउन पालनाका नाममा स्वास्थ्यकर्मीमाथि विभेद भएको बताए ।

स्वाथ्यकर्मी महरा दाम्पत्तीमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै निजी स्वाथ्यर्मीले भत्र्सना गरेका छन । शंका लागे सोधपुछ, बढि संका लागे सम्बन्धीत निकायसंग समन्वय गर्नुको साटो बिरामीको उपचार पाउने अधिकार हुने गरि स्वास्थ्यकर्मी रोक्न नहुने तर्क गरेका छन ।

औषधी व्यवसायी संघका अध्यक्ष रामचन्द्र बुडाले स्वास्थ्यकर्मीमाथि प्रहरीले गर्ने व्यवहार गलत भएको भन्दै उनले कुनै मानिस आफु स्वास्थ्यकर्मी हुँ भनेर लकडाउन उलङघन गर्छ भने त्यस्तालाई औषधी व्यवसायीको समन्वय कार्बाही गर्न मदत गर्ने बताउँदै वास्तविक स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नगरिदिन आग्रह गरे । ‘गत बर्षपनि लकडाउन भयो, कुनैपनि जिल्लाभरीका स्वास्थ्यकर्मीमाथि यस्तो व्यवहार भएन, ‘उनले भने, ‘प्रहरी पनि जनताकै लागि हुन हामीपनि जनताकै लागि काम गछौँ, अनि हामीमाथि यत्रो हेपाह प्रवृति किन ?’ कञ्चनपुर प्रहरीले घटना बारे अन्जानमा स्वास्थ्यकर्मी रोकिनु पुगेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख उमाप्रशाद चर्तुर्बेदीले पासको दुरुपयोग भईरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा उहाँमाथि पनि सोधपुछ गरिएको हुनसक्ने बताए । उनले यस्ता साना विषयलाई अन्यथा लिन नहुने समेत बताए ।

ताजा समाचार