विकास सिह महता/कञ्चनपुर,
कञ्चनपुरको बेदकोट नगरपालिका रहेको साना किशान कृषि सहकारी संस्था लिमिटेड सुडाले महाकाली अस्पताललाई आर्थिक सहयोग गरेको छ । कोरोना भयाभह भईरहेको अवस्थामा सरकारले महाकाली अस्पतालमा अक्सिजन, सिलिण्डर, जनशक्ति अभावका कारण नागरिक धमाधम ज्यान गुमाईरहेका खबर बाहिरसंगै सहकारीले कोरोना रोकथामका लागि आर्थिक सहयोग गरेको हो । साना किशान कृषि सहकारीका संचालक समिति सदस्य टेक चन्दले महामारीका बेला समाजिक उत्तरदायित्व अन्र्तरगत सहकारीले सक्दो आर्थिक सहयोग गरेको बताए । सहकारीका अध्यक्ष बिरेन्द्र शाह सहित संचालक सदस्य खगेश्वर पान्डेय रघुबर प्रसाद लेखक कृष्ण प्रसाद पान्डेय टेक बहादुर चन्द र संस्था सहायक प्रबन्धक जय सिंह धामीको उपस्थितिमा
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई चेक हस्तान्तरण गरिएको हो । सहकारीका पदाधिकारीले कोरोना महामारी रोकथामका लागि दिएको रकम सहि सदुपयोगमा जोडदिएका छन ।
